मुख्य समाचार
नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि भन्दै पौने आठ लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण
नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि भन्दै पौने आठ लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण

। नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि भन्दै पौने आठ लाख रुपैयाँभन्दा बढीको चेक हस्तान्तरण गरेको छ ।

महासंघले बिहीबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।


महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरे । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले सरकारले अधिकृत स्तरका कर्मचारीलाई तीन दिन बराबरको र सहायकस्तरका कर्मचारीहरुलाई दुई दिन बराबरको तलब बाढी पीडितलाई सहयोग गर्न भनेको थियो । सोही अनुसार एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्मको दरले रकम संकलन गरिएको थियो । संकलित रकममा धेरै योगदान सहायकस्तरका कर्मचारीको रहेको भट्टले बताए ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि, नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए ।

यसपटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लागेका सबैलाई धन्यवाद पनि दिए ।

राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बझाङमा २ ठाउँमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर ...
। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको उपमहासचिव प्रदीप पौडेलले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक आगामी पुस २१ र २२ गतेका लागि तय भएको छ । उक्त बैठकका ...
: भ्रष्टाचार आरोप लागेका व्यक्तिको टेलिफोन वा सञ्चारको विवरण लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ। अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै व्यक्तिको अनुसन्धान गर्नु परेमा अदालतको अनुमति लिएर टेलिफोन वा सञ्चार माध्यमको विवरण लिएर अनुसन्धान गर्न पाउने भएको हो। टेलिफोन वा सञ्चारलाई अख्तियारले प्रमाणका रूपमा अनुसन्धान गर्ने पाउने व्यवस्था राखेर भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक ...
। सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र ...
: सत्तासीन एमालेले कांग्रेससँगको ६ महिने राजनीतिक सहकार्यको समीक्षा गर्ने भएको छ। पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिको बैठकमा एमालेले आफूसँगै प्रतिस्पर्धी दल कांग्रेससँग सरकार सञ्चालनमा भएको सहकार्य सम्बन्धमा समीक्षा गर्न लागेको हो। केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाको समीक्षाका लागि प्रस्ताव तयार गरेका छन्। ...