मुख्य समाचार
जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने
जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने

। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् ।

फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का तहगत पाठ्यक्रमहरुबारे जानकारी लिएको छ ।


टोयो युनिभर्सिटी टोकियो जापानको निमन्त्रणामा अधिकारी यही नोभेम्बर ७ मा जापानस्थित टोकियो पुगेका थिए ।

सहप्रध्यापक अधिकारीले नेपालमा भइरहेको सोसल वर्कको अध्यापन, स्नातक, पिएचडी तहसम्मका पाठ्यक्रम र पाठ्यवस्तु र नेपालमा यसबारे भइराखेका अनुसन्धानमूलक गतिविधिहरूबारे टोयो युनिभर्सिटीका प्राध्यापक र विद्यार्थीहरुलाई जानकारी गराएका छन् ।




आफ्नो प्रस्तुति समेतको प्रभावमा परेर विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुले आफ्नो फिल्ड वर्कको लागि नेपाल आउने प्रतिबद्धता जनाएको अधिकारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयसँगको समन्वयमा उनीहरु आगामी फेब्रुअरीमा नेपाल आउनेछन् ।

सह-प्राध्यापक अधिकारी विगत २२ वर्षअघिदेखि त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत छन् । समयशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका अधिकारी नेपाली समाजलाई अध्ययनको फिल्ड बनाउने विषय आफैँमा गर्वको विषय रहेको बताउँछन् ।

समाजशास्त्र, सामाजिक शिक्षा, सामाजिक कार्य लैंगिक अध्ययन लगायतका विषयहरूका स्नातक तह, पीएचडी तहसम्मका विभिन्न पाठ्यक्रमहरू निर्माणमा संलग्न प्राध्यापन अन्य देशका विभिन्न विश्वविद्यालयमा समेत पुगिरहेका हुन्छन् ।

अधिकारीले यसअघि अस्ट्रेलियाका अस्ट्रेलियन नेसनल युनिभर्सिटी, न्यु क्यासल युनिभर्सिटी स्विजरल्यान्डको युनिभर्सिटी, पोर्चुगलको युनिभर्सिटी अफ लिजबन, भारत स्थित विभिन्न विश्वविद्यालयहरूमा पुगेर कार्यपत्रहरू प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...
— ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मंगलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ । चिनियाँ ...
। व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो । दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो ...
— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो । उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ...
। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं ...