मुख्य समाचार
अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध
अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध

। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अफगानिस्तानका अलराउन्डर इस्मत आलमलाई अनुबन्ध गरेको छ ।

विराटनगरले एनपीएलका लागि पाँचौं विदेशी खेलाडीका रुपमा इस्मतलाई भित्र्याएको हो । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।


२२ वर्षीय इस्मत ब्याटिङ अलराउन्डर हुन् । उनले २० टी-२० म्याच खेल्दा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।

विराटनगरमा राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा छन् । त्यस्तै टोलीका अन्य खेलाडीमा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दीपक बोहरा, सुबास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल छन् ।

आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

एनपीएलमा हरेक टिमले चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ भने बढीमा ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम