मुख्य समाचार
अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध
अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध

। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अफगानिस्तानका अलराउन्डर इस्मत आलमलाई अनुबन्ध गरेको छ ।

विराटनगरले एनपीएलका लागि पाँचौं विदेशी खेलाडीका रुपमा इस्मतलाई भित्र्याएको हो । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।


२२ वर्षीय इस्मत ब्याटिङ अलराउन्डर हुन् । उनले २० टी-२० म्याच खेल्दा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।

विराटनगरमा राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा छन् । त्यस्तै टोलीका अन्य खेलाडीमा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दीपक बोहरा, सुबास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल छन् ।

आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

एनपीएलमा हरेक टिमले चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ भने बढीमा ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित