मुख्य समाचार
नेपालले यु-१९ महिला एसिया कप खेल्ने, भारत र पाकिस्तानको समूहमा
नेपालले यु-१९ महिला एसिया कप खेल्ने, भारत र पाकिस्तानको समूहमा

। नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यु-१९ महिला एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू-१९ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । नेपाल भारत र पाकिस्तानसँगै समूह एमा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूह बीमा छन् ।


नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ । सुपर फोर सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

बुधबारै आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा छनोट भएर इतिहास रचेको नेपाली युवा महिला टोलीले छिट्टै अर्को ठूलो प्रतियोगिता खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...