मुख्य समाचार
नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट
नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट

। आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।

नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन ।


सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भयो ।

नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे ।


डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने भयो ।

बुधबार भएको यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६.१ ओभरमा पूरा गर्नुपर्ने समीकरण थियो ।

यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले जतिसक्दो कम स्कोरमा रोक्नुपर्ने थियो । बलरहरुको राम्रो प्रदर्शनमा यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लियो ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर घरेलु टोली यूएईले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो । यूएईको त्यो निर्णयलाई नेपालले सुरुवातदेखि नै विकेट लिँदै गलत बनाएको थियो ।

कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।

लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।

नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पार्‍यो ।

आक्रामक सुरुवात गरेकी विकेटकिपर सावित्री धामी तेस्रो ओभरको चौथो बलमा १२ रन बनाएर आउट भइन् । ९ बलको सामना गरेकी उनले एक चौका प्रहार गरेकी थिइन् । त्यसपछि कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।

पूजा १८ बलमा ४ चौका मदतमा २१ रन बनाएर सातौं ओभरको अन्तिम बलमा आउट हुँदा नेपाल ४८–२ को स्थितिमा थियो । त्यहाँबाट साना प्रविन र उपकप्तान सोनी पाख्रिनले इनिङ्स अघि बढाए । यही जोडीले तेस्रो विकेटका लागि अविजित ३८ रनको साझेदारी गर्दै नेपाललाई विश्वकपमा पुर्‍याए ।

सानाले अन्तिमसम्म क्रिजमा रहँदै ४२ बल खेलेर अविजित ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले १ चौका पनि प्रहार गरिन् । सोनीले १९ बल खेलेर अविजित १३ रन योगदान गरिन् ।

१६ वटै टोलीको टुङ्गो

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया स्वतः छनोट भएका छन् ।

अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका हुन् ।

नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो ।

युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो । एसियाली क्षेत्रबाट अघिल्लो पटक नेपाल र थाइल्याण्डलाई पछि पार्दै यूएई विश्वकपमा पुगेको थियो । यस पटक भने यूएईलाई रोकेर नेपाल विश्वकपमा पुगेको छ ।

दोस्रो प्रयासमा सफल

नेपालको यू१९ महिला टोलीले यू१९ विश्वकप छनोट खेलेको दोस्रो पटक हो र दोस्रो प्रयासमा नेपाल विश्वकप पुग्न सफल भएको छ ।

यसअघि सन् २०२२ मा नेपालले यू१९ विश्वकप एसिया क्षेत्र छनोट खेलेको थियो । जहाँ युएई र थाइल्याण्ड भन्दा पछि तेस्रो स्थानमा रहेपछि नेपालले यू १९ विश्वकप खेल्न पाएन । पुरुष टोलीले ८ पटक यू १९ विश्वकप खेलेपनि महिला टोलीले भने अहिलेसम्म खेलेको छैन । यसपटक युवा टोली विश्वकप पुग्ने लक्ष्य र जोशका साथ युएई पुगेको थियो ।

त्यसका लागि नेपालले दाङमा दुई महिना तयारी गरेको थियो भने दिल्लीमा चार अभ्यास खेल खेलेर युएई गएको थियो । त्यसैले प्रशिक्षक रिजालले राम्रो नतिजाको आशा गरेको बताएका थिए । नेपालमा गरिएको अभ्यास र दिल्लीको अभ्यास खेलले गर्दा सबै पक्षमा राम्रो सुधार आएको र त्यसलाई प्रतियोगितामा निरन्तरता दिने रिजालले बताएका थिए ।

रिजालका लागि पनि यो अवसर र चुनौती दुवै थियो । यसअघि पनि नेपालले यू१९ विश्वकप छनोट प्रतियोगिता रिजालकै प्रशिक्षणमा खेलेको थियो । तर विश्वकप पुग्न सकेन । उनले दोस्रो पटक फेरि अवसर पाए । यस पटक भने उनले त्यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएका थिए र आफूलाई प्रमाणित गर्न चाहन्थे । उनले क्यानले देखाएको विश्वासलाई पूरा गर्दै महिला क्रिकेट रुपान्तरणका लागि आधार तयार पार्ने बताएका थिए । ‘यस प्रतियोगिताले हाम्रो महिला क्रिकेटको रुपान्तरणको आधार तयार गर्ने कुरामा म विश्वस्त छु ।’

रिजालले भनेजस्तै नेपालबाट कुनै पनि पर्म्याटको महिला विश्वकप खेल्ने यो पहिलो टोली बन्नेछ । अनी यसबाट नेपाली महिला खेलाडीहरु मोटिभेट हुनेछन् र भर्खर क्रिकेट खेल्न सुरु गरेका खेलाडीहरु पनि यो देखेर बलर ब्याट समाउन प्रेरित हुनेछन् ।

अर्को महत्वपूर्ण विषय भनेको नेपालले बंगलादेशसँग मिलेर यसपछि सन् २०२७ मा हुने यू-१९ महिला टी २० विश्वकप आयोजना गर्दैछ । त्यसका लागि पनि यो ठूलो आधार हुनेछ । घरेलु मैदानमा हुने त्यस विश्वकपका लागि पनि अहिलेदेखि नै खेलाडी तयार पार्नको लागि यस पटकको विश्वकपले ठूलो सहयोग पुग्नेछ र प्रेरणा मिल्नेछ । प्रशिक्षक रिजालले पनि खेलाडीहरुले यसको महत्व बुझेको बताएका थिए । ‘यो प्रतियोगिताको महत्व हाम्रा खेलाडीहरुले पनि राम्ररी बुझेको छन् ।’

महिला टोली पहिलो पटक यू१९ विश्वकपमा छनोट भएमा (क्यान) अध्यक्ष चतुर बहादुर चन्दले खुशी व्यक्त गर्दै सबैलाई बधाई र धन्यवाद दिए । उनले यस पटक लामो समयको तयारी र प्रशिक्षक अनी खेलाडीहरुको मिहिनेतले यो सफल भएको बताए । ‘सबैलाई बधाई र धन्यवाद छ । नेपाली क्रिकेटका लागि यो ठूलो कुरा हो । यस पटक टिमले लमही भैर।हवा तिलोत्तमा लामो समय तयारी गरेको थियो । दिल्लीमा पनि अभ्यास म्याचहरु खेल्यो । त्यसले पनि ठूलो सहयोग पुग्यो, अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘खेलाडीहरुले पनि व्यक्तिगत रुपमा निकै मिहिनेत गरेका थिए । तयारी पनि राम्रो थियो र सफल भयौँ ।’

अध्यक्ष चन्दले यो जितले सिनियर महिला टिमलाई पनि मोटिभेट हुने र बउने जेनेरेसनलाई पनि प्रेरणा दिने बताए । यस्तै सन् २०२७ मा बंगलादेशसँग मिलेर आफैँ यू१९ महिला टी२० विश्वकप आयोजना गर्दा अझ जोश बढ्ने बताए । ‘यही टिमका आधा खेलाडीहरु २०२७ मा पनि खेल्न लायक हुन्छ । त्यो बेला अनुभवी टिम हुन्छ ।’ चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम