मुख्य समाचार
नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण
नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण

। नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले आज प्रधानमन्त्री ओलीसँगको भेटमा ध्यानाकर्षण गराएका हुन् ।

सडक विस्तारको जिम्मेवारी पाएको चाइनास्टेट कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रु, चालक र सडक किनारका बस्तीका बासिन्दाले सास्ती खेप्नु परेको उनीहरुको भनाइ छ ।

‘सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको अवस्था अस्तव्यस्त रहनाले यात्रा गर्ने यात्रुहरुले निकै सास्ती भोग्नुपरेको तथा सडक छिमेकीले समेत प्रदूषित वातावरण भोग्नुपरेको अवस्था छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित जिम्मेवार पक्षलाई कडा निर्देशन होस् ।’

सडक विस्तारको जिम्मा चिनियाँ ठेकेदारले लिएको छ । तर काममा ढिलासुस्ती गरेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि तीन जिल्लाका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सम्बन्धित जिल्ला समन्वय समितिका प्रमुख र पालिका प्रमुखसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र पश्चिम नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।




प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मा समेत सहभागी थिए ।

भौतिक पूर्वाधारमन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराएका थिए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । वातावरण विभागका अनुसार ...
। कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी तिवारी टोलस्थित सडकमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटार ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर रहेको बताएका छन्। काही कतै कसैको अवरोध नहुँदा समेत सरकारले कुनै गति लिन नसको भन्दै र जनताको काम शून्य भएको उनले बताए । यो देशमा सरकार चलाउन सबै खालका अभ्यास भइसकेको तर दुईठुला दल मिलेर सरकार सञ्चालन हुँदा झन जनताले महँगी ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन्। सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताए। आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुलारूपमा पार्टीभित्र बहस छलफल ...
। काठमाडौं महानगरपालिकाले विशाल बजार क्षेत्रका विद्युतको पोल क्रेन लगाएर हटाउन थालेको छ । नेपाल विद्युत् प्राधिकरणले न्युरोड, इन्द्रचोक क्षेत्रमा विद्युत् र इन्टरनेटको तार भूमिगत गरेपछि अनावश्यक रूपमा रहेका विद्युत् पोल र ट्रान्सफर्मर महानगरले हटाउन सुरु गरेको हो । ‘प्राधिकरणले विद्युत् तार भूमिगत गरिसकेको छ । अनावश्यक रूपमा रहेका विद्युत् पोल र ट्रान्सफर्मर अन्य स्थानमा ...