मुख्य समाचार
इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो
इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो

— इटाली र फ्रान्सले नेसन्स लिगको क्वाटरफाइनल यात्रा बिहीबार निश्चित गरेका छन् । इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो । त्यसमा सान्ड्रो टोनालीले १ मात्र गोल गरे ।



इटालीका लागि उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि रह्यो । फ्रान्सले भने इजरायलसँग गोलरहित बराबरी खेल्यो । लिग–बी ग्रुप–टुको खेलमा भने इंग्ल्यान्डले ग्रिसलाई ३–० र आयरल्यान्डले फिनल्यान्डलाई १–० ले हरायो ।


एथेन्समा भएको खेलमा ओली वाट्किन्सन र कर्टस जोन्सले १/१ गोल गरे । अर्को गोल आत्मघाती रह्यो । यससँगै इंग्ल्यान्डले यसअघि ग्रिसविरुद्ध बेहोरेको हारका बदला पनि लिएको छ ।

यस्तै लिग–बी ग्रुप–थ्रीमा नर्वेले स्लोभानियालाई ४–१ ले पराजित गर्‍यो र यसमा इर्लिङ हालान्डले दुई गोल गरे । उनी नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् र उनले यो कीर्तिमानलाई ३५ गोल पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा ...
। नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा ...
। फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले हार व्यहोरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलअन्तरले पराजित भएको हो । खेलमा सुरुआती अग्रता लिएको भएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो । लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल ...
। आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन । सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन ...
। नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यु-१९ महिला एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू-१९ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो । जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । नेपाल भारत र पाकिस्तानसँगै समूह ...