मुख्य समाचार
भारतले भन्यो : भारत हुँदै नेपाल-बंगलादेश विद्युत् व्यापार ऐतिहासिक
भारतले भन्यो : भारत हुँदै नेपाल-बंगलादेश विद्युत् व्यापार ऐतिहासिक

— भारतले नेपाल-बंगलादेश विद्युत् व्यापारले ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने जनाएको छ । नेपालले शुक्रबारदेखि औपचारिक रूपमा बंगलादेशलाई बिजुली बेच्न सुरु गरेको छ ।



नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन गरेका हुन् ।


भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतको बाटो हुँदै नेपालले बंगलादेशलाई बिजुली बेच्ने कार्यले भविष्यमा ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटीलाई बढावा दिने जनाएको हो ।

त्यस्तै भारतीय विद्युत् मन्त्रालयले समेत नेपालबाट ब‌ंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक क्षण भएको जनाएको छ ।


त्यस्तै नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि नेपालले अमेरिकी डलरमा बिजुली बेच्ने यो पहिलो सम्झौता भएको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्रिपक्षीय ऊर्जा सहकार्यले नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावनालाई थप विस्तार गरेको छ भने नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ ।'

नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा भारतले भारतीय ग्रिड हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न दिने घोषणा गरेको थियो । उक्त भ्रमणका क्रममा ऊर्जासँगै विस्तृत क्षेत्रीय सहकार्य गर्ने प्रतिबद्धतासमेत दुवै पक्षले जनाएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात शुक्रबार मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुत्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एक सातादेखि रुपन्देही र आसपास बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको संख्या बढिरहेका बेला खराब मौसमले प्रभावित तुल्याएको छ । एकसातादेखि भैरहवाबाट काठमाडौं र पोखराका लागि हुने उडान प्रभावित भएका छन् । बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय ...
— सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ ...
विज्ञानका अनेकौं भनाइ सत्य सावित हुँदै गएका छन्। विज्ञानप्रति जनजनमा विश्वास जागेको छ। हामी भने विज्ञानलाई परम्परागत सोचाइले मात्र हेर्ने गर्छौं। आधुनिकतातर्फको यात्रा छाडेर नेपाल देवदेवतालाई सुनका अलंकार चढाएर वरदान माग्ने युगतिर पो फर्किँदै छौं। सरकार र राष्ट्र प्रमुखहरू विज्ञानको विश्वास लिनुभन्दा लहडबाजीमा भगवान्को आरती उतार्ने युगबाट आधुनिकतातिर अगाडि बढ्न सकेका छैनन्। भौतिकवादको मन्दिर शिलान्यास ...
— सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान १०:४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर - १ का सुरेश सुनारकी ३ वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । ५५ वर्षका चालक ...