मुख्य समाचार
सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु
सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

— सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान १०:४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर - १ का सुरेश सुनारकी ३ वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

५५ वर्षका चालक बालकृष्ण गिरीले चलाएको श्री सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव घटनास्थलमै छ । जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नेतृत्वको टोली पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

बांगेसिमलबाट देउतीथान तर्फ आउँदै गरेको बसले बालिकालाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एक सातादेखि रुपन्देही र आसपास बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको संख्या बढिरहेका बेला खराब मौसमले प्रभावित तुल्याएको छ । एकसातादेखि भैरहवाबाट काठमाडौं र पोखराका लागि हुने उडान प्रभावित भएका छन् । बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय ...
— सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ ...
विज्ञानका अनेकौं भनाइ सत्य सावित हुँदै गएका छन्। विज्ञानप्रति जनजनमा विश्वास जागेको छ। हामी भने विज्ञानलाई परम्परागत सोचाइले मात्र हेर्ने गर्छौं। आधुनिकतातर्फको यात्रा छाडेर नेपाल देवदेवतालाई सुनका अलंकार चढाएर वरदान माग्ने युगतिर पो फर्किँदै छौं। सरकार र राष्ट्र प्रमुखहरू विज्ञानको विश्वास लिनुभन्दा लहडबाजीमा भगवान्को आरती उतार्ने युगबाट आधुनिकतातिर अगाडि बढ्न सकेका छैनन्। भौतिकवादको मन्दिर शिलान्यास ...
— भारतले नेपाल-बंगलादेश विद्युत् व्यापारले ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने जनाएको छ । नेपालले शुक्रबारदेखि औपचारिक रूपमा बंगलादेशलाई बिजुली बेच्न सुरु गरेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् ...