मुख्य समाचार
कर्जन्हाका पूर्वमेयर र प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
कर्जन्हाका पूर्वमेयर र प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

— सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।



दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव छन् ।


मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो । उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसिरको पेसी तोकिएको छ । अख्तियारले १४ चैत ०८० मा मुद्दा दायर गरेको थियो ।

नगरपालिकाले अदालतमा विचाराधीन रहेको प्रशासनिक भवन निर्माणको मुद्दा किनारा नलाग्दै वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरेको थियो । यस्तै, नगरपालिकाले ठेकेदार कम्पनीलाई १ करोड ८ लाख रुपैयाँ पेस्कीसमेत उपलब्ध गराएको थियो । तर, ठेकेदारले त्यसअनुसार काम भने गरेनन् । त्यसपछि मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलविरुद्ध अख्तियारमा उजुरी परेको थियो । यस कार्यमा तत्कालीन नगर प्रमुख पासमानले बोलपत्र आह्वानको निर्णय गरेको तथा प्रमुख प्रशासकीय अधिकृत रहेका मण्डलले त्यसको सूचना निकालेको अख्तियारको अनुसन्धानमा भेटिएको थियो ।

मण्डलपछि आएका तत्कालीन प्रशासकीय अधिकृत दनुवारले भने सम्झौता गरेका थिए । यस्तै, दनुवार र लेखापाल महतो मिलेर पेस्की दिएको अनुसन्धानमा देखिएको थियो । तर, ठेकेदारले काम नगरे पनि उनीहरूले अग्रिम भुक्तानी ग्यारेन्टीको म्यादभित्र जमानत जफत गर्नेतर्फ पहल नगरेको कारण उनीहरूलाई दोषी ठहर गरिएको हो ।

विशेष अदालतलाई उनीहरूलाई १ करोड ८ लाख रुपैयाा जरिवाना पनि तोकेको छ । जसअनुसार, प्रतिव्यक्ति २१ लाख ६० हजार जरिवाना बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एक सातादेखि रुपन्देही र आसपास बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको संख्या बढिरहेका बेला खराब मौसमले प्रभावित तुल्याएको छ । एकसातादेखि भैरहवाबाट काठमाडौं र पोखराका लागि हुने उडान प्रभावित भएका छन् । बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ ...
विज्ञानका अनेकौं भनाइ सत्य सावित हुँदै गएका छन्। विज्ञानप्रति जनजनमा विश्वास जागेको छ। हामी भने विज्ञानलाई परम्परागत सोचाइले मात्र हेर्ने गर्छौं। आधुनिकतातर्फको यात्रा छाडेर नेपाल देवदेवतालाई सुनका अलंकार चढाएर वरदान माग्ने युगतिर पो फर्किँदै छौं। सरकार र राष्ट्र प्रमुखहरू विज्ञानको विश्वास लिनुभन्दा लहडबाजीमा भगवान्को आरती उतार्ने युगबाट आधुनिकतातिर अगाडि बढ्न सकेका छैनन्। भौतिकवादको मन्दिर शिलान्यास ...
— सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान १०:४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर - १ का सुरेश सुनारकी ३ वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । ५५ वर्षका चालक ...
— भारतले नेपाल-बंगलादेश विद्युत् व्यापारले ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने जनाएको छ । नेपालले शुक्रबारदेखि औपचारिक रूपमा बंगलादेशलाई बिजुली बेच्न सुरु गरेको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् ...