मुख्य समाचार
जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह
जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह

। करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गरेका छन् ।

‘स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो’, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भनेका छन्, ‘जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्ने उद्देश्यले युक्रेनसँग वार्ता गर्ने इच्छा देखाउन रूसलाई आग्रह गर्नुभयो ।’


चान्सलर स्कोल्जले रुसी आक्रामकता विरुद्धको लडाइँमा युक्रेनलाई आवश्यक हुँदासम्म समर्थन गर्ने जर्मनीको अटल दृढतालाई पनि जोड दिएको उनले बताए ।

युद्धको महत्त्वपूर्ण मोडमा यो आह्वान आएको छ । युक्रेनी सेनाहरू दबाबमा आइरहेका छन् र संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा विजयले किएभलाई वासिङ्टनको निरन्तर समर्थनमा शङ्का उत्पन्न गरेको छ ।




स्कोल्ज र पुटिनबीच सन् २०२२ डिसेम्बरपछि पहिलो पटक कुराकानी भएको र कुराकानी एक घन्टासम्म चलेको जर्मन सरकर स्रोतले बताएको छ ।

‘स्कोल्जले विशेष गरी युक्रेनमा नागरिक पूर्वाधारमाथि रुसी हवाई हमलाको निन्दा गर्नुभयो’, सरकारी स्रोतले भन्यो, ‘उहाँले युक्रेनविरुद्ध लडाइँका लागि उत्तर कोरियाली सैनिकहरू रुसमा पठाउँदा द्वन्द्व गम्भीर रूपमा बढ्ने र विस्तार हुने कुरा स्पष्ट पार्नुभयो ।’

क्रेमलिनले कुराकानीको आफ्नो रिडआउटमा दुई नेताहरूले ‘स्पष्ट विचार आदानप्रदान’ गरेको र यो आह्वान जर्मनीले सुरु गरेको बताएको छ ।

‘सम्भावित सम्झौताहरूले रूसी सङ्घको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्दछ, नयाँ क्षेत्रीय वास्तविकताहरूबाट अगाडि बढ्नुपर्दछ र सबैभन्दा महत्त्वपूर्ण रूपमा द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्दछ’, क्रेमलिनले भनेको छ ।

पुटिनसँगको फोन कुराकानी गर्नुअघि स्कोल्जले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गरेको प्रवक्ता हेबेस्ट्रिटले बताए । ‘जर्मन र युक्रेनी नेताले पहिले नै कुरा गर्नुभएको थियो र रुसी राष्ट्रपतिसँगको कुराकानीपछि फेरि गर्नुहुनेछ’, प्रवक्ताले भने । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...