मुख्य समाचार
उरुग्वेले कोलम्बियामाथि ३–२ को महत्त्वपूर्ण जित
उरुग्वेले कोलम्बियामाथि ३–२ को महत्त्वपूर्ण जित

— दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार उरुग्वेले कोलम्बियामाथि ३–२ को महत्त्वपूर्ण जित निकालेको छ । यो जितसँगै उरुग्वे कोलम्बियालाई उछिन्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ ।



उरुग्वेको जित भने नाटकीय रह्यो र उसका लागि म्यानुएल उगारटेले दोस्रो हाफको इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । यस अगाडि इन्ज्युरी समयकै छैटौं मिनेटमा आन्द्रेस गोमेजले कोलम्बियाका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरे र उरुग्वेको खेलमा फर्कने क्रम सुरु भएको थियो ।

उसका लागि रोड्रिगो एगुरेले ६० औं मिनेटम गोल गरे । यो नतिजापछि उरुग्वे र कोलम्बियाको समान १९ अंक भएको छ । उरुग्वे गोल अन्तरले अगाडि रहेको हो । अर्जेन्टिना भने २२ अंकमा शीर्षमा छ । ब्राजिल १७ अंकमा चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित