मुख्य समाचार
जर्मनीले यूईएफए नेसन्स लिगमा बोस्नियामाथि ७–० को फराकिलो जित
जर्मनीले यूईएफए नेसन्स लिगमा बोस्नियामाथि ७–० को फराकिलो जित

— टिम क्लेनडिनेस्ट र फ्लोरिन विर्टजको दुई/दुई गोलमा जर्मनीले यूईएफए नेसन्स लिगमा शनिबार बोस्नियामाथि ७–० को फराकिलो जित निकालेको छ । प्रतियोगिताको ६ वर्षको इतिहासमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जित हो ।


यो जितसँगै जर्मनीले एक खेल अगाडि नै लिग–ए ग्रुप–थ्री जित्ने निश्चित भएको छ । जर्मनी यसअघि नै प्रतियोगिताको क्वाटरफाइनल पनि पुगिसकेको छ । हारको अर्थ बोस्निया प्रतियोगिताका दोस्रो श्रेणीमा झरेको छ ।


जर्मनीले जमाल मुसिएलाको गोलले अग्रता लिएयता काइ हारभटेज र लेरोय सेनले पनि गोल गरे । समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० ले पराजित गर्‍यो । लिग–बी ग्रुप–वानमा जर्जिया र युक्रेनले १–१ तथा अल्बानिया र चेक गणतन्त्रले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित