मुख्य समाचार
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ
रुसमा श्रम इजाजतबिना काम गर्ने ३४ नेपाली विद्यार्थी पक्राउ

— रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ ।


विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो ।


उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो । त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे । जसमा १२ जना महिला विद्यार्थी रहेका छन् ।

पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेश गरेको थियो । गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ । जसमा तीन महिनादेखि डेढवर्ष अगाडि रुस आउनेहरु छन् ।

‘ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने भिसा छ । यसले मात्रै काम गर्न पाइँदैन । काम गर्नको लागि कम्पनीसँग करारपत्र हुनुपर्छ । उनीहरुले विश्वविद्यालयबाट पढिरहेको कागज पनि ल्याउन सकेनन् । दोस्रो उनीहरुले काम गरेको करारपत्र पनि ल्याउन सकेनन्,’ अध्यक्ष तिमल्सिनाले इकान्तिपुरसँग भने,‘ती दुई वटा कागजपत्र पेश गर्न सकिएको भए अपिलको लागि वकिलको व्यवस्था गरिदिन सकिन्थ्यो । वकिलले डिपोर्ट रोक्नको लागि अपिल गर्न सक्छ । उनीहरुले कुनै पनि कागज जुटाउन असमर्थ भए ।’

उनीहरु काम गर्न नै भनेर विद्यार्थी भिसाको आवारणमा आएकोले डिपोर्ट हुने फैसला भएको उनले बताए । डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन । दुई वर्ष अघिपनि १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो । ‘जुन कम्पनीको लागि वर्कपरमिट लिएको छ । त्यो कम्पनीमा मात्रै काम गर्नुपर्छ । अरु कम्पनीमा जान पाइँदैन । त्यो हुने बित्तिकै सिधै डिपोर्ट गर्छ । धेरै मान्छेले लोभ देखाएर मान्छे ल्याउने, बिचल्ली बनाउने, बाहिर पठाउने भनेर रसियालाई ट्रान्जिट बनाएको छ,’ उनले भने,‘रसियामा एजेन्टको मिलोमतोमा विद्यार्थीको आवरणमा काम गर्न पठाइरहेको छ । काम गर्दा अध्यागमनले झ्याम्पै समातिहाल्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ ...
। सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ...
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।