मुख्य समाचार
इरानका सर्वोच्च नेता खामेनीले छोरालाई बनाए उत्तराधिकारी
इरानका सर्वोच्च नेता खामेनीले छोरालाई बनाए उत्तराधिकारी

। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्ना छोरा मोज्ताबा खामेनीलाई आफ्नो उत्तराधिकारी बनाएका छन् ।

५५ वर्षीय खामेनीले शारीरिक अस्वस्थताका कारण यो निर्णय लिएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।




विभिन्न रिपोर्टका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मा नै नयाँ सर्वोच्च नेता चयन गरेको थियो। खामेनी आफैंले सभाका ६० सदस्यलाई बोलाएर उत्तराधिकारीको बारेमा गोप्य रूपमा निर्णय गर्न भनेका थिए। सभाले मुज्ताबाको नाम सर्वसम्मतिले पारित गरेको थियो ।

आफ्नो बुबा जस्तै मुज्तबा इस्लामिक मामिलामा जानकार मानिन्छन्। उनी पहिलो पटक सन् २००९ मा चर्चामा आएका थिए । उनले इरानमा भएको विरोध प्रदर्शनलाई दबाउन कठोर रुपले प्रस्तुत हुँदा धेरै व्यक्तिको मृत्यु समेत भएको थियो । त्यसपछि राष्ट्रपतिको चुनावमा कट्टरपन्थी नेता महमूद अहमदिनेजादले सुधारवादी नेता मीर हुसेन मौसावीलाई हराएका थिए ।




सुधारवादी नेताहरुले निर्वाचनमा व्यापक अनियमितता भएको दाबी गरेका छन् । त्यसपछि लाखौं मानिस सडकमा निस्किए । यसलाई ‘इरानी हरित आन्दोलन’ नाम दिइएको थियो। यो दुई वर्षसम्म चल्यो, तर इरानी सरकारले बल प्रयोग गरेर यसलाई दबाएको थियो। यसको पछाडि मुजताबा खामेनीको दिमाग रहेको बताइएको छ ।

मुज्तबालाई सर्वोच्च नेता बनाउने तयारी २ वर्षदेखि चलिरहेको बताइन्छ । मुज्तबा कुनै पनि सरकारी पदमा नभएपनि महत्वपूर्ण निर्णयमा भने उनको सहभागिता निरन्तर बढेको देखिएको छ ।

उनलाई एक रहस्यमय व्यक्ति भनेर पनि भन्ने गरिन्छ । उनी आफ्नो बुबा जस्तै सार्वजनिक भाषण पनि दिँदैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...