मुख्य समाचार
पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव
पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव

। पूर्वप्रधानमन्त्री शेख हसिनाले बङ्गलादेश छाडेपछि उत्पन्न भइरहेका घटनाक्रमहरूलाई भारतीय दृष्टिकोणले राम्रो मानिएको छैन ।

गत बुधबार पाकिस्तानी कार्गो पानीजहाज कराँचीबाट जलमार्ग हुँदै बंगलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगाउँ बन्दरगाहमा पुगेको थियो।




सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि दुई देशबीच भएको यो पहिलो सामुद्रिक सम्पर्क हो। यसअघि दुई देशबीचको सामुद्रिक व्यापार सिंगापुर वा कोलम्बो भएर हुने गरेको थियो ।

यसबारेमा पाकिस्तानको एक उच्च आयोगले भनेको छ, ‘पाकिस्तानको कराँचीबाट सिधै बंगलादेशको चटगाउँ बन्दरगाहमा कार्गो जहाज पुगेको यो पहिलोपटक हो र यसले द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण कदमको सुरुवात गरेको छ। यो नयाँ मार्गले आपूर्ति शृङ्खलालाई अझ सरल बनाउने, यातायातको समय घटाउने र दुवै देशका लागि नयाँ व्यापार अवसरहरूको ढोका खोल्ने छ।’




वास्तवमा, यो प्रत्यक्ष समुद्री सम्पर्कले पाकिस्तान र बंगलादेशबीचको परम्परागत रूपमा जटिल कूटनीतिक सम्बन्धमा ऐतिहासिक परिवर्तन ल्याउने संकेत गरेको छ ।

साथै, भारतसँग मित्रवत रहेको मानिने शेख हसिना सरकारलाई हटाएर बंगलादेशमा सत्तामा आएको मोहम्मद युनुसको नेतृत्वमा बनेको नयाँ अन्तरिम सरकारमा पाकिस्तानसँगको सम्बन्धमा न्यानोपन आउने संकेत देखिएको छ ।

यही बीचमा यी घटनाहरूले भारतमा चिन्ता बढाएको छ । हसिना पदच्युत भएर नयाँ सरकार आएपछि भारत र बंगलादेशसँगको सम्बन्ध भारतको सम्बन्ध चिसिएर अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ।

शेख हसिनालाई सत्ताबाट हटाएपछि इस्लामाबाद र ढाका दुवैले आपसी सम्बन्ध सुधार्ने कुरा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसै वर्षको सेप्टेम्बरमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता भएको थियो र दुई देशबीचको ‘द्विपक्षीय सहयोगलाई पुनर्जीवित गर्ने’ कुरामा जोड दिइएको थियो ।

न्युयोर्कमा युनुसले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई पुनरुत्थान गर्न निकै जरुरी छ । उनले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय सुरु गर्ने’ पनि बताएका थिए ।

भारतमा चिन्ता र चासो

पाकिस्तान र बंगलादेशबीचको सम्बन्धमा आएको यो ऐतिहासिक परिवर्तनलाई लिएर भारतमा चिन्ता र चासो दुवै बढेको छ ।

कोलकाताबाट प्रकाशित अंग्रेजी दैनिक द टेलिग्राफलाई एक विज्ञले बताएअनुसार बंगलादेशका दुई प्रमुख बन्दरगाह चटगाउँ र मोंगला पाँच दशकसम्म पाकिस्तानबाट टाढा रहेका बेला दुई देशबीचको समुद्री सम्पर्क कोलम्बोमार्फत हुने गरेको थियो । अब भने पाकिस्तानी जहाज सिधै चटगाउँ पुग्नेछन् ।

सन् २००४ मा चटगाउँमाअहिलेसम्मकै ठूलो अवैध हतियार बरामद भएको उल्लेख गर्दै ती विज्ञले बंगलादेशमा सन् २००१ र २००६ को बीचमा खालिदा जियाको नेतृत्वमा रहेको बीएनपी सरकार सत्तामा हुँदा सरकारका लागि समस्या सिर्जना गर्ने घटनाहरूमध्ये त्यो सबैभन्दा प्रमुख थियो।

ठूलो परिमाणमा हतियार बरामद भएपछि तत्कालीन बिएनपी सरकारको भारतसँगको सम्बन्धमा तिक्तताको सुरुवात भएको विज्ञहरू बताउँछन् ।

लामो समयपछि बंगलादेश र पाकिस्तानबीच बढ्दो निकटतालाई भारतले दक्षिण एसियाको भूराजनीतिक समीकरणमा असर पार्नसक्ने आशंकाका साथ हेरिरहेको छ ।

भारतीय सुरक्षा एजेन्सीसँग सम्बन्धित एक स्रोतले अङ्ग्रेजी पत्रिका टेलिग्राफलाई भने, ‘गत वर्ष भारतले मोङ्ला बन्दरगाह सञ्चालन गर्ने अधिकार पाएपछि यो चीनको तुलनामा भारतको लागि रणनीतिक फाइदा थियो, तर अहिले पाकिस्तानको चटगाउँ बन्दरगाहमा पहुँच छ। अब दुवै बन्दरगाहको समुद्री च्यानलले पाकिस्तानी जहाजहरूलाई अनुमति दिनेछ। यसले क्षेत्रीय भूराजनीतिमा प्रभाव पार्ने निश्चित छ किनभने चटगाउँ म्यानमारको नजिक छ’, टेलिग्राफलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपी पाकिस्तानसँग सुमधुर सम्बन्ध राख्ने बंगलादेशको सरकार बनेको यो पहिलोपटक भने होइन । सैन्य तानाशाह र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको सरकारहरूले १६ वर्ष गरेको शासनकालमा पनि पाकिस्तानसँग मित्रवत सम्बन्ध राखेका थिए ।

विशेषगरी हसिनाको प्रधानमन्त्री कार्यकालमा १९९६ देखि २००१ र फेरि २००९ देखि २०२४ सम्म भारत र बंगलादेशको सम्बन्ध बलियो हुँदै गएको थियो ।

हसिनाको १५ वर्षको शासनकालमा बंगलादेशसँग भारतको सम्बन्ध निकै घनिष्ट रहँदा द्विपक्षीय आर्थिक सहयोग पनि निकै बढेको थियो । दुई देशबीच व्यापार, ऊर्जा र रक्षा क्षेत्रमा व्यापक सहकार्य भएको थियो ।

बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र उनीहरुबीचको द्विपक्षीय व्यापार करिब १६ अर्ब डलर बराबरको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...