मुख्य समाचार
पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव
पाकिस्तान र बंगलादेश नजिकिँदा भारतलाई तनाव

। पूर्वप्रधानमन्त्री शेख हसिनाले बङ्गलादेश छाडेपछि उत्पन्न भइरहेका घटनाक्रमहरूलाई भारतीय दृष्टिकोणले राम्रो मानिएको छैन ।

गत बुधबार पाकिस्तानी कार्गो पानीजहाज कराँचीबाट जलमार्ग हुँदै बंगलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगाउँ बन्दरगाहमा पुगेको थियो।




सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि दुई देशबीच भएको यो पहिलो सामुद्रिक सम्पर्क हो। यसअघि दुई देशबीचको सामुद्रिक व्यापार सिंगापुर वा कोलम्बो भएर हुने गरेको थियो ।

यसबारेमा पाकिस्तानको एक उच्च आयोगले भनेको छ, ‘पाकिस्तानको कराँचीबाट सिधै बंगलादेशको चटगाउँ बन्दरगाहमा कार्गो जहाज पुगेको यो पहिलोपटक हो र यसले द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण कदमको सुरुवात गरेको छ। यो नयाँ मार्गले आपूर्ति शृङ्खलालाई अझ सरल बनाउने, यातायातको समय घटाउने र दुवै देशका लागि नयाँ व्यापार अवसरहरूको ढोका खोल्ने छ।’




वास्तवमा, यो प्रत्यक्ष समुद्री सम्पर्कले पाकिस्तान र बंगलादेशबीचको परम्परागत रूपमा जटिल कूटनीतिक सम्बन्धमा ऐतिहासिक परिवर्तन ल्याउने संकेत गरेको छ ।

साथै, भारतसँग मित्रवत रहेको मानिने शेख हसिना सरकारलाई हटाएर बंगलादेशमा सत्तामा आएको मोहम्मद युनुसको नेतृत्वमा बनेको नयाँ अन्तरिम सरकारमा पाकिस्तानसँगको सम्बन्धमा न्यानोपन आउने संकेत देखिएको छ ।

यही बीचमा यी घटनाहरूले भारतमा चिन्ता बढाएको छ । हसिना पदच्युत भएर नयाँ सरकार आएपछि भारत र बंगलादेशसँगको सम्बन्ध भारतको सम्बन्ध चिसिएर अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ।

शेख हसिनालाई सत्ताबाट हटाएपछि इस्लामाबाद र ढाका दुवैले आपसी सम्बन्ध सुधार्ने कुरा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसै वर्षको सेप्टेम्बरमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता भएको थियो र दुई देशबीचको ‘द्विपक्षीय सहयोगलाई पुनर्जीवित गर्ने’ कुरामा जोड दिइएको थियो ।

न्युयोर्कमा युनुसले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई पुनरुत्थान गर्न निकै जरुरी छ । उनले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय सुरु गर्ने’ पनि बताएका थिए ।

भारतमा चिन्ता र चासो

पाकिस्तान र बंगलादेशबीचको सम्बन्धमा आएको यो ऐतिहासिक परिवर्तनलाई लिएर भारतमा चिन्ता र चासो दुवै बढेको छ ।

कोलकाताबाट प्रकाशित अंग्रेजी दैनिक द टेलिग्राफलाई एक विज्ञले बताएअनुसार बंगलादेशका दुई प्रमुख बन्दरगाह चटगाउँ र मोंगला पाँच दशकसम्म पाकिस्तानबाट टाढा रहेका बेला दुई देशबीचको समुद्री सम्पर्क कोलम्बोमार्फत हुने गरेको थियो । अब भने पाकिस्तानी जहाज सिधै चटगाउँ पुग्नेछन् ।

सन् २००४ मा चटगाउँमाअहिलेसम्मकै ठूलो अवैध हतियार बरामद भएको उल्लेख गर्दै ती विज्ञले बंगलादेशमा सन् २००१ र २००६ को बीचमा खालिदा जियाको नेतृत्वमा रहेको बीएनपी सरकार सत्तामा हुँदा सरकारका लागि समस्या सिर्जना गर्ने घटनाहरूमध्ये त्यो सबैभन्दा प्रमुख थियो।

ठूलो परिमाणमा हतियार बरामद भएपछि तत्कालीन बिएनपी सरकारको भारतसँगको सम्बन्धमा तिक्तताको सुरुवात भएको विज्ञहरू बताउँछन् ।

लामो समयपछि बंगलादेश र पाकिस्तानबीच बढ्दो निकटतालाई भारतले दक्षिण एसियाको भूराजनीतिक समीकरणमा असर पार्नसक्ने आशंकाका साथ हेरिरहेको छ ।

भारतीय सुरक्षा एजेन्सीसँग सम्बन्धित एक स्रोतले अङ्ग्रेजी पत्रिका टेलिग्राफलाई भने, ‘गत वर्ष भारतले मोङ्ला बन्दरगाह सञ्चालन गर्ने अधिकार पाएपछि यो चीनको तुलनामा भारतको लागि रणनीतिक फाइदा थियो, तर अहिले पाकिस्तानको चटगाउँ बन्दरगाहमा पहुँच छ। अब दुवै बन्दरगाहको समुद्री च्यानलले पाकिस्तानी जहाजहरूलाई अनुमति दिनेछ। यसले क्षेत्रीय भूराजनीतिमा प्रभाव पार्ने निश्चित छ किनभने चटगाउँ म्यानमारको नजिक छ’, टेलिग्राफलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपी पाकिस्तानसँग सुमधुर सम्बन्ध राख्ने बंगलादेशको सरकार बनेको यो पहिलोपटक भने होइन । सैन्य तानाशाह र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको सरकारहरूले १६ वर्ष गरेको शासनकालमा पनि पाकिस्तानसँग मित्रवत सम्बन्ध राखेका थिए ।

विशेषगरी हसिनाको प्रधानमन्त्री कार्यकालमा १९९६ देखि २००१ र फेरि २००९ देखि २०२४ सम्म भारत र बंगलादेशको सम्बन्ध बलियो हुँदै गएको थियो ।

हसिनाको १५ वर्षको शासनकालमा बंगलादेशसँग भारतको सम्बन्ध निकै घनिष्ट रहँदा द्विपक्षीय आर्थिक सहयोग पनि निकै बढेको थियो । दुई देशबीच व्यापार, ऊर्जा र रक्षा क्षेत्रमा व्यापक सहकार्य भएको थियो ।

बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र उनीहरुबीचको द्विपक्षीय व्यापार करिब १६ अर्ब डलर बराबरको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...