मुख्य समाचार
भुटान सरकारले बेच्यो १३ अर्बको बिटक्वाइन
भुटान सरकारले बेच्यो १३ अर्बको बिटक्वाइन

। भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सलाई उद्धृत गर्दै याहु फाइनान्सले उल्लेख गरेको छ ।

भुटानको शाही सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिनान्स’ मार्फत् प्रतिबिटक्वाइन ९० हजार डलरका दरले बिहीबार बिहान ३६७ वटा बिटक्वाइन बिक्री गरेको र त्यसबापत ३ करोड ३५ लाख डलर बराबरको बेचेको हो ।

अर्खाम इन्टेलिजेन्सका अनुसार सो दिन बिटक्वाइनको मूल्य ९० हजार डलरभन्दा माथिको इन्ट्राडे उच्च विन्दुमा पुगेर ८७ हजार डलरमा फर्कनुअघि उक्त कारोबार भएको हो ।

पछिल्ला केही हप्ताहरूमा भुटानले बिक्री गरेको यो दोस्रो उच्च मूल्य हो । त्यसअघि गत साता उसले ६ करोड ६० लाख डलर (८ अर्ब ९१ करोड रुपैयाँ) को बिटक्वाइन ७० हजार डलरका दरले बिक्री गरेको थियो ।


भुटानसँग अझै १ अर्ब १० करोड डलर अर्थात् १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको १२ हजार २ सय ६ वटा बिटक्वाइनहरू छन् ।

भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायत र युक्रेनपछि भुटान धेरै बिटक्वाइन भएका देशहरूमा विश्वकै पाँचौं स्थानमा पर्छ । अन्य राष्ट्रहरूले पनि हालको बुल बजारबाट फाइदा लिइरहेका छन् ।

एल साल्भाडोर बिटक्वाइनलाई टेन्डरको रूपमा स्वीकृत गर्ने पहिलो देशहरू मध्ये एक हो । यसले बिटक्वाइनको वृद्धिलाई आफ्नो राष्ट्रिय ऋणको बोझ हटाउने र योजनाबद्ध बिटक्वाइन सिटी जस्ता महत्वाकांक्षी परियोजनाहरूमा लगानी गर्ने अवसरको रूपमा प्रयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...