। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ ।
एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो ।
यसअघि एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ ।
एनपीएलको पहिलो संस्करण यही १५ मंसिरदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स प्रत्यक्ष प्रसारण हुनेछ ।