मुख्य समाचार
बलिउड निर्देशक कबीर खानले ललितपुरमा निर्देशन कला सिकाउने
बलिउड निर्देशक कबीर खानले ललितपुरमा निर्देशन कला सिकाउने

। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ ।

निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ‘द डिप्लोम्याट’ सन् २०२५ मा प्रदर्शन तयारीमा छ ।

महोत्सवको ओपनिङ फिल्मको रुपमा भुटानी डकुमेन्ट्री ‘एजेन्ट अफ ह्यापिनेस’ छ । अरुण भट्टराई र डोरोत्या जुर्बो निर्देशित यो वृत्तचित्रले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकाबारे भन्छ । यो फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ, जब उनीहरूले नागरिकलाई उनीहरूको खुसीको बारेमा सोध्छन् र जीवनको उद्देश्यको खोजी गर्छन् ।

क्लोजिङ फिल्मको रुपमा सौनक सेनको ‘अल द्याट ब्रिथ्स’ छ । नेपालसहित दक्षिण एसियाली मुलुकका छोटा फिल्म र डकुमेन्ट्री महोत्सवमा प्रदर्शन हुने हिमाल साउथ एसियाका प्रमुख कनकमणि दीक्षितले जनाए ।




यसअघि विभिन्न नेपाली महोत्सवमा प्रदर्शनमा आइसकेका छोटो नेपाली पनि दर्शकले फिल्म साउथ एसियामा हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचेकी छन् । २८ वर्षीया यी गायिका ग्रामीको मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन् । सन् २०२६ को ग्रामी मनोनयनमा बहुचर्चित गीत ‘एपीटी’का लागि ब्रुनो मार्ससहित रोज चर्चित विधा रेकर्ड अफ द इयर, सङ अफ द इयर र बेस्ट पप ...
। बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को बजेट दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन-थ्रीलरलाई अहिलेसम्मकै ठूलो बलिउड एक्सन प्रोजेक्ट बताइएको छ । स्रोतका अनुसार फिल्मको बजेट लगभग ३५० करोड भारु पुगेको छ, जसमा शाहरुख र टोलीले प्रचारमा गरेको खर्च र अन्य खर्च समावेश गरिएको छैन ...
। गत शुक्रबार संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फिल्म कलाकारसँग अन्तक्रिया र भलाकुसारी गरे । त्यहाँ उनले आफ्ना कुरा राख्नेदेखि कलाकारको गुनासासम्म सुन्न भ्याए । त्यस क्रममा उनलाई विभिन्न कलाकारले सुझाव र सल्लाह दिए । अभिनेत्री नीति शाहले छायांकनको क्रममा महिला कलाकारलाई समस्या भएको भ्यानिटी भ्यानको व्यवस्था गर्न आग्रह गरिन् । शौचालय जडित ती भ्यान ल्याउन ...
। विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीले यसवर्षको मनोनयनको घोषणा गरेको छ । हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा मनोनित भएका छन् । अघिल्लो वर्ष शीर्ष तीनमध्ये २ विधा जितेका लामारले यसवर्ष ‘जीएनएक्स’ एल्बम र ‘लुथर’ एकल ट्रयाक ल्याए । यी दुईको ब्लकबस्टर सफलताले हिपहप स्टारले सन् २०२६ को ग्रामीमा पनि वर्चस्व राख्ने अपेक्षा गर्न सकिन्छ ...
— पोखरा रंगशालामा शुक्रबार साँझ संगीत र खेल एकै मञ्चमा भेटिए, जब नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा लिजेन्ड्री ब्यान्ड नेपथ्यले रंगशालालाई छमछमी नचायो । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आयोजित कन्सर्टमा १० हजार दर्शकको सहभागिता रहृयो । ७ हजार ८ सय जर्सी बिक्री र २ हजार २ सय अतिथि मिलेर रंगशाला भरिभराउ ...