मुख्य समाचार
स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराए
स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराए

। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो ।

स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे ।




रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा बराबरीमा फर्किएपछि इन्जुरी समयको पेनाल्टी गोलले खेल जितायो ।

खेलको ३२औं मिनेटमा पिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएपछि पहिलो हाफमा स्पेन १-० ले अगाडि रह्यो ।




दोस्रो हाफको ६३औं मिनेटमा मोन्टेरोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेटमा गिलले गोल गर्दै स्पेनलाई पुनः खेलमा अगाडि ल्याए ।

८५औं मिनेटमा पेनाल्टीमार्फत जेकिरीले गोल गरेपछि खेल २-२ को रोमाञ्चक बराबरीमा आएको थियो ।

तर इन्जुरी समयमा पाएको पेनाल्टीमा जारागोजाले गोल गरेपछि स्पेनको ३-२ को जित सुनिश्चित भएको थियो ।

यसअघि नै क्‍वाटरफाइनलमा पुग्ने निश्चित भइसकेको स्पेनले ६ खेलमा १३ अंक जोडेको छ । स्वीट्जरल्याण्डको २ अंक मात्र छ ।

पोर्चुगलको क्रोएसियासँग बराबरी

नेसन्स लिग अन्तर्गत लिग ए समूह १ को खेलमा पोर्चुगल भने बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएको पोर्चुगललाई क्रोएसियाले बराबरीमा रोकेको हो ।

खेलको ३३औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ६५औं मिनेटमा जोस्को भार्डीओलले गोल गरेपछि पोर्चुगल १-१ को बराबरीमा रोकिएको हो ।

बराबरी खेलेपनि दुवै टोलीको यसअघि नै क्‍वाटरफाइनलमा स्थान सुरक्षित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...