मुख्य समाचार
अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्
अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्

। अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् ।

अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,’हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।’


उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेनलाई बलियो बनाउन तयार बनाएको ‘विजय योजना’ मा लामो दूरीमा आक्रमण गर्ने क्षमता अभिवृद्धि पनि समावेश थियो ।


‘हामीले स्वीकृति पाएका छौं भनेर मिडियामा धेरै कुराहरू भएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराहरू घोषणा गरिएको छैन। क्षेप्यास्त्रहरू आफैं बोल्नेछन्,’ उनले आभार प्रकटसँगै असन्तुष्टि पनि पोखेका छन् ।

यसअघि जेलेन्स्कीले रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसदमा ‘विजय योजना’ प्रस्तुत गरेका थिए ।

‘विजयी योजना’ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल हुन औपचारिक निमन्त्रणा र रूसभित्र लामो दूरीको हमलाहरू सम्बन्धमा सहयोगीहरू विरुद्ध प्रतिबन्धहरू हटाउने विषयहरू समावेश थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...