मुख्य समाचार
सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री
सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताएका छन् ।


हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उनले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताएका हुन् ।

मन्त्री पौडेलले जनशक्ति र उपकरणबिना भवनले सेवा दिन नसक्ने बताउँदै स्वास्थ्य सुविधा दिन सरकारले लगानी बढाउँदै लगेको बताए । उनले तीन तहकै सरकारले स्वास्थ्य, शिक्षाजस्ता सेवामा लगानी गरेको र एउटा नागरिकले तीन तहबाटै सेवा पाउनु संघीयताको सबल पक्ष रहेको धारणा राखे । 'हाल नागरिकले तीनै तहबाट स्वास्थ्य र शिक्षामा सुविधा पाउन थालेका छन् तर यो पर्याप्त छैन । स्रोत अभावले देखिएका समस्या पहिचान गर्दै अस्पताललाई वर्गीकरण गर्न सरकार लागेको छ । नेपालमा दुई हजार तीन सय चिकित्सक तत्कालै आवश्यक रहेका छन्, यस विषयमा पनि आवश्यक काम गर्दैछौँ,' मन्त्री पौडेलले भने ।

छ करोड १२ लाख रुपैयाँ लागतमा तिलक निर्माण सेवाले उक्त भवन निर्माण गरेको थियो । दुईतले भवनमा साना–ठूला गरी ५३ वटा कोठा रहेका छन् । बिहुँकोट स्वास्थ्यचौकी भवनलाई स्तरोन्नति गरी पाँच श्ययाको अस्पताल बनाइएको वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष राजु थापाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन आधारभूत अस्पताल बनाइएको र चिकित्सक राखेर सेवा दिने योजना रहेको बताए । सघन सहरी तथा भवन निर्माण आयोजनाले उक्त भवन निर्माण गरेको हो ।

यसैबीच पौडेलले कुश्मा पुगेर साहसिक पर्यटनको दृश्यावलोकन गरेका छन् । स्वास्थ्यमन्त्री पौडेलले द क्लिफ नेपालले सन्चालन गर्दै आएको साहसिक पर्यटकीय खेलहरूको अवलोकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...