मुख्य समाचार
माओवादीको राजनीतिक अस्थिरताले कांग्रेस–एमाले गठबन्धन बन्यो : कांग्रेस प्रवक्ता महत
माओवादीको राजनीतिक अस्थिरताले कांग्रेस–एमाले गठबन्धन बन्यो : कांग्रेस प्रवक्ता महत

: नेपाली कांग्रेसका पार्टी प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशसरण महतले माओवादीमा देखिएको राजनीतिक अस्थिरताका कारण अहिलेको गठबन्धन निर्माण भएको बताएका छन्। मुलुक उप निर्वाचनको माहोलमा रहेका बेला कर्णाली भ्रमणमा आएका कांग्रेस केन्द्रीय सदस्य महतले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।


उनले माओवादीलाई प्रधानमन्त्री दिँदा पनि राजनीतिक स्थायित्व नभएका कारण कांग्रेस एमालेको गठबन्धनको सरकार निर्माण भएको बताए। उनले भने, ‘हामीले चुनावी तालमेल माओवादी केन्द्रसँग गरेका थियौँ। माओवादीसँगै सत्ता सहकार्य गरेका हौँ। तर माओवादी केन्द्रमा राजनीतिक विचलन आएर कहिले कांग्रेस त कहिले एमाले तिर लाग्ने समस्याले गर्दा अहिलेको गठबन्धन निर्माणमा सहयोग पुगेको हो।’

उनले नेपाली कांग्रेसले माओवादीसँग गरेको सत्ता सहकार्य सुखद नभएको बताए। उनले भने, ‘कांग्रेसले माओवादीसँग गरेको सत्ता सहकार्य सुखद भएन। सरकारको नेतृत्व गरेको माओवादीमा राजनीतिक अस्थिरता र विचलन देखियो। यसको प्रभावले गठबन्धन पटक पटक फेरबदलहरु पनि भए। यसैको परिणाम मुलुकमा राजनीतिक स्थायित्व, संविधान संशोधन, विकास र समृद्धि दिनका लागि कांग्रेस एमालेको गठबन्धन निर्माण भएको हो।’



उनले आगामी निर्वाचनहरूमा नेपाली कांग्रेस एक्लै लड्ने बताए। उनले भने, ‘विगतमा माओवादीले कांग्रेसले गरे कांग्रेस तिर नगरे एमालेतिर गठबन्धन गर्ने भएकाले हामीले पनि गठबन्धन गरेका हौँ। अहिलेको गठबन्धनको सरकार निर्माण गर्ने बेला नै अबको निर्वाचनमा एमाले कांग्रेस दुवैले माओवादी केन्द्रसँग आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनेर सहमति गरेका छौँ। हामी आफ्नै पाटीको बलमा निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्सा प्रहरीले ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति करिब साढे आठ बजेको समयमा बिन्दवासिनी गाउँपालिका–३ झौवास्थित कुखुरा फर्ममा अनाधिकृतरुपले भण्डारण गरि राखिएको एक सय दुई बोरामा एक हजार सात सय ८० केजी लसुन बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाए । भारततर्फ चोरी निकासी ...
: स्तरोन्नतिको कामलाई गति दिन म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडकमा टाइमकार्ड लागू भएको छ। सडकको प्रवेशबिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगादेखि लस्तीसम्म कालोपत्र गर्न प्राइम कोट बिछ्याउन सवारी साधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, ...
— विद्युत् कार्यालयको लापर्बाहीका कारण करेन्ट लागेर मृत्यु भएका शुभकालिका-४ का वीरेन्द्र चौलागाईंको आफन्त र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रबीच दुई बुँदे सहमति भएको छ । ३ नाबालक छोराछोरीको लालनपालनमा सहज बनाउन मृतककी पत्नी पुस्पा पाण्डे चौलागाईंलाई रोजगारी दिने र उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको भएपछि सोमबारदेखि थालिएको आन्दोलन स्थगित भएको छ । विद्युत् ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै लहड, स्वार्थमा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्न नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्दै उनले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्ने बताएका हुन्। ‘हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ। देशको समृद्धिमा कसरी लाभ पुग्छ भन्ने ...
— साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम ...