मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने

: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएको बताएका छन्।


काठेखोला गाउँपालिका-६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गीकरण गरेर सेवा सुविधा थप गर्ने बताए। ‘अहिले अस्पतालको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सबै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसका लागि अस्पतालको वर्गीकरण गर्नु जरुरी छ। त्यसैले शय्याका आधारमा नभइ सेवाका आधारमा अस्पतालहरूको वर्गीकरण प्रक्रिया अघि बढाएको छौं। स्थानीय, प्रदेश र संघीय सरकार मातहत रहेका अस्पतालहरूले के–के सेवा दिने, कति बेडको अस्पतालले के सेवा दिने भनेर वर्गीकरण गरिरहेका छौं।’

मन्त्री पौडेलले मिर्गौला फेल रोगलाई न्यूनीकरण गर्नका लागि स्क्रिनिङ गर्न सुरु गरिएको बताए। डायलसिस र मिर्गौला प्रत्यारोपणको अवस्थामा विरामीलाई नपुर्‍याउनका लागि स्क्रिनिङ गर्न सुरु गरिएको उनले बताए। सरकारले सातवटै प्रदेशमा मुटु र क्यान्सर रोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्ने भएको छ। स्वास्थ्यमन्त्री पौडेलले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एउटा अस्पताल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिँदै आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने अस्पताल सञ्चालनमा ल्याइने बताए। यस्तै क्यान्सरबाट बचाउनको लागि माघ २२ गतेदेखि ९ वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभि भ्याक्सिन दिइन लागेको मन्त्री पौडेलले बताए।



श्रोतको सुनिश्चितता नहुँदा धेरै योजनाहरू कार्यान्वयन गर्न नसकिएको मन्त्री पौडेलको भनाइ छ। ‘अस्पताल बने पनि उपकरण र चिकित्सकहरू नआएको श्रोत नभएर हो,’ स्वास्थ्यमन्त्री पौडेलले भने,‘मलाई डाक्टर, नर्स, स्वास्थ्यकर्मी पठाउन मन छ तर त्यसरी सिधै पठाउन सम्भावना छैन। अहिले स्वास्थ्य मन्त्रालयलाई ३२ हजार स्वास्थ्यकर्मी र चिकित्सकहरू चाहिएको छ। सरकारलाई ३२ हजार होइन ३२ सय दिनुस् भनेको छु। ३२ सय भएमा केही स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीमा पठाउन सकिन्छ।’

स्वास्थ्यमन्त्री पौडेलले रोग लाग्न नदिने उपाय नसोचेमा विरामीहरूले राज्यले थेग्न नसक्ने गरी बढ्ने बताए। ‘अब रोग लाग्न नदिने उपाय सोच्नुपर्छ। यसरी विरामी बढिरहेमा राज्यले थेग्न सक्दैन,’ उनले भने,‘वडा तहमा रहेका अस्पतालहरूलाई उपचारात्मक प्रणालीमा विशिष्ट अस्पतालका रुपमा विकसित गर्न सक्दैनौँ। स्वास्थ्य चौकीहरूलाई निरोधात्मक चेतना विस्तार गर्ने प्रणालीमा विकास गर्न जरुरी छ।’ स्वास्थ्य चौकीहरूले क्यान्सर, मिर्गौला खरानी लगायतका रोगहरू के भएर हुन्छ, नलाग्न के गर्नुपर्छ ? नागरिकहरू सचेत भएमा धेरै रोग लाग्न सक्दैन भन्ने चेतनाको विकास गराउनुपर्छ।

वडाका स्वास्थ्य चौकीलाई प्रसूति वार्ड बनाउनुपर्ने मन्त्री पौडेलले बताए। उनले सुत्केरी आमाको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वडाका अस्पतालहरूलाई प्रसूति वार्ड बनाउनुपर्ने नभएपनि राम्रो बर्थिङ सेन्टर बनाउनुपर्नेमा जोड दिएका थिए। ग्रामीण भेगको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले धेरै राम्रो काम गरेको मन्त्री पौडेलको भनाइ छ।

गाउँहरूमा पछिल्लो समय बसाइँसराईको कारण जनसंख्या कम भएकोले निजी कम्पनीहरूले गाउँहरूमा लगानी नगर्ने हुँदा नागरिकहरूको स्वास्थ्य सुविधाको निम्ति राज्यले लगानी गर्नुपर्ने मन्त्री पौडेलले बताए। उनले तीन तहकै सरकारले एउटै नागरिकको सेवा गर्नुपर्ने हुनाले मिलेर गर्नुपर्ने बताए। ‘संघीयता भनेको सबै काम छुट्टाछुट्टै गर्नुपर्छ भन्ने होइन। संघीयता भनेको फरक फरक देशका सरकारहरू होइनन्। एउटै देशको एउटै नागरिकलाई सेवा गर्न बनेको तीन तहको सरकार हो। त्यसैले मिलेर काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, शान्ति सुरक्षामा कतिपय कामहरू तीन वटै तहका सरकार मिलेर गर्न जरुरी हुन्छ।

त्यस कारणले सरकारको स्वास्थ्य प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा तीन वटै तहका सरकारले आपसमा समन्वय गरेर समझदारी पूर्वक अघि बढाएर लाग्नुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...