मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने

: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएको बताएका छन्।


काठेखोला गाउँपालिका-६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गीकरण गरेर सेवा सुविधा थप गर्ने बताए। ‘अहिले अस्पतालको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सबै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसका लागि अस्पतालको वर्गीकरण गर्नु जरुरी छ। त्यसैले शय्याका आधारमा नभइ सेवाका आधारमा अस्पतालहरूको वर्गीकरण प्रक्रिया अघि बढाएको छौं। स्थानीय, प्रदेश र संघीय सरकार मातहत रहेका अस्पतालहरूले के–के सेवा दिने, कति बेडको अस्पतालले के सेवा दिने भनेर वर्गीकरण गरिरहेका छौं।’

मन्त्री पौडेलले मिर्गौला फेल रोगलाई न्यूनीकरण गर्नका लागि स्क्रिनिङ गर्न सुरु गरिएको बताए। डायलसिस र मिर्गौला प्रत्यारोपणको अवस्थामा विरामीलाई नपुर्‍याउनका लागि स्क्रिनिङ गर्न सुरु गरिएको उनले बताए। सरकारले सातवटै प्रदेशमा मुटु र क्यान्सर रोगको विशिष्टिकृत अस्पताल सञ्चालन गर्ने भएको छ। स्वास्थ्यमन्त्री पौडेलले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एउटा अस्पताल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिँदै आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने अस्पताल सञ्चालनमा ल्याइने बताए। यस्तै क्यान्सरबाट बचाउनको लागि माघ २२ गतेदेखि ९ वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभि भ्याक्सिन दिइन लागेको मन्त्री पौडेलले बताए।



श्रोतको सुनिश्चितता नहुँदा धेरै योजनाहरू कार्यान्वयन गर्न नसकिएको मन्त्री पौडेलको भनाइ छ। ‘अस्पताल बने पनि उपकरण र चिकित्सकहरू नआएको श्रोत नभएर हो,’ स्वास्थ्यमन्त्री पौडेलले भने,‘मलाई डाक्टर, नर्स, स्वास्थ्यकर्मी पठाउन मन छ तर त्यसरी सिधै पठाउन सम्भावना छैन। अहिले स्वास्थ्य मन्त्रालयलाई ३२ हजार स्वास्थ्यकर्मी र चिकित्सकहरू चाहिएको छ। सरकारलाई ३२ हजार होइन ३२ सय दिनुस् भनेको छु। ३२ सय भएमा केही स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीमा पठाउन सकिन्छ।’

स्वास्थ्यमन्त्री पौडेलले रोग लाग्न नदिने उपाय नसोचेमा विरामीहरूले राज्यले थेग्न नसक्ने गरी बढ्ने बताए। ‘अब रोग लाग्न नदिने उपाय सोच्नुपर्छ। यसरी विरामी बढिरहेमा राज्यले थेग्न सक्दैन,’ उनले भने,‘वडा तहमा रहेका अस्पतालहरूलाई उपचारात्मक प्रणालीमा विशिष्ट अस्पतालका रुपमा विकसित गर्न सक्दैनौँ। स्वास्थ्य चौकीहरूलाई निरोधात्मक चेतना विस्तार गर्ने प्रणालीमा विकास गर्न जरुरी छ।’ स्वास्थ्य चौकीहरूले क्यान्सर, मिर्गौला खरानी लगायतका रोगहरू के भएर हुन्छ, नलाग्न के गर्नुपर्छ ? नागरिकहरू सचेत भएमा धेरै रोग लाग्न सक्दैन भन्ने चेतनाको विकास गराउनुपर्छ।

वडाका स्वास्थ्य चौकीलाई प्रसूति वार्ड बनाउनुपर्ने मन्त्री पौडेलले बताए। उनले सुत्केरी आमाको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वडाका अस्पतालहरूलाई प्रसूति वार्ड बनाउनुपर्ने नभएपनि राम्रो बर्थिङ सेन्टर बनाउनुपर्नेमा जोड दिएका थिए। ग्रामीण भेगको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले धेरै राम्रो काम गरेको मन्त्री पौडेलको भनाइ छ।

गाउँहरूमा पछिल्लो समय बसाइँसराईको कारण जनसंख्या कम भएकोले निजी कम्पनीहरूले गाउँहरूमा लगानी नगर्ने हुँदा नागरिकहरूको स्वास्थ्य सुविधाको निम्ति राज्यले लगानी गर्नुपर्ने मन्त्री पौडेलले बताए। उनले तीन तहकै सरकारले एउटै नागरिकको सेवा गर्नुपर्ने हुनाले मिलेर गर्नुपर्ने बताए। ‘संघीयता भनेको सबै काम छुट्टाछुट्टै गर्नुपर्छ भन्ने होइन। संघीयता भनेको फरक फरक देशका सरकारहरू होइनन्। एउटै देशको एउटै नागरिकलाई सेवा गर्न बनेको तीन तहको सरकार हो। त्यसैले मिलेर काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, शान्ति सुरक्षामा कतिपय कामहरू तीन वटै तहका सरकार मिलेर गर्न जरुरी हुन्छ।

त्यस कारणले सरकारको स्वास्थ्य प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा तीन वटै तहका सरकारले आपसमा समन्वय गरेर समझदारी पूर्वक अघि बढाएर लाग्नुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब ...
। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको ...
: त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनको भनाइ छ। अस्पताल जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर ...
: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको ...
अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने नयाँ अभ्यास सुरु गरेको छ।