मुख्य समाचार
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन

: अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी सरकारले दुई नेपालीलाई निष्काशन गरेको छ। स्रोतका अनुसार विनोद कार्की र उमा थापा कार्कीलाई अमेरिकी सरकारले निष्काशन गरेको हो।


भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विनोदलाई अमेरिकाले एयर इन्डियाको विमानबाट काठमाडौं फर्काएको हो। उमालाई भने क्याथे प्यासेफिकको विमानबाट फर्काइएको थियो। 'विनोद कार्कीले 'ओभर स्टे' गरेका कारण निष्काशन गरेको खुलाइए पनि उमा थापा कार्कीको हकमा भने कारण खुलाइएको छैन। त्यहाँको कुनै कानुन उल्लंघन गरेको हुनसक्छ,' स्रोतले अन्नपूर्णसँग भन्यो।

जो बाइडेन नेतृत्वको सरकारले पनि अमेरिकाको आप्रवासीहरूमाथि विशेष निगरानी गर्दै आएको थियो। पछिल्लो निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै त्यहाँका आप्रवासीहरू झनै त्रसित छन्। सामूहिक डीपोर्टेशन गर्ने ट्रम्पको घोषणापछि आप्रवासीहरू त्रसित भएका हुन्। तिहारअघि पनि अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आपतकालीन समयमा सामाजिक सञ्जालमा के गर्न मिल्छ, के मिल्दैन भन्नेबारे आधारभूत ज्ञान नहुँदा प्रवासमा रहेका नेपाली कानुनी फन्दामा परिरहेका छन् । पछिल्लो समय विभिन्न देशमा जारी युद्ध र अन्य तनावबीच सामाजिक सञ्जालको प्रयोग नेपाली नागरिक र विशेषत: आप्रवासी कामदारका लागि ठूलो कानुनी संकटको विषय बनेको छ । हालै मात्र पश्चिम एसियाका युद्ध वा तनावग्रस्त क्षेत्रमा ...
: कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन गरेको छ। अनलाइन गेमिङ सेन्टर र क्यासिनोमा अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई कम्बोडियाले निष्कासन गरेको हो। उनीहरू थाइ एयरवेजको जहाजबाट बुधबार बैंकक हुँदै काठमाडौं आइपुगेका हुन्। विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका ...
। उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् । इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै ...
। कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो । हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले ...
— अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवाको एक अपार्टमेन्टमा गत फेब्रुअरी २४ सोमबार बिहान ५:१५ बजे नेपाली परिवारमा भएको विभत्स हत्याकाण्डको फुटेज सार्वजनिक गरिएको छ । फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो । नेपालमा ...