मुख्य समाचार
हङकङमा लोकतन्त्र पक्षधर ४५ जनालाई जेल सजाय
हङकङमा लोकतन्त्र पक्षधर ४५ जनालाई जेल सजाय

— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो ।


सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ४ वर्षभन्दा बढीको जेल सजाय तोकेको छ । लोकतन्त्र पक्षधरहरूले उनीहरूलाई एक विवादास्पद सुनुवाइपछि दोषी ठहर गरिएको बताएका छन् ।


'हङकङ-४७' समूहले स्थानीय चुनावमा प्रतिपक्षी उम्मेदवारहरू उठाउने तयारी गरेको थियो । त्यस अभियानमा ४७ जना लोकतन्त्र पक्षधर कार्यकर्ता, प्रतिपक्षी सांसद र सर्वसाधारणहरू सहभागी थिए । उनीहरूविरुद्ध ३ वर्षअघि राज्यद्रोहको मुद्दा लगाइएको थियो । उनीहरूले सन् २०२० मा सरकार अपदस्थ गर्न खोजेको अधिकारीहरूको आरोप थियो ।

हङकङमा सन् २०१९ मा भएको व्यापक लोकतान्त्रिक प्रदर्शनपछि चीनले राष्ट्रिय सुरक्षासम्बन्धी कानुन लागू गरेको थियो । 'हङकङ-४७' को मुद्धाको सुनुवाईका क्रममा उक्त कानुनको व्यापक प्रयोग भएको ठानिएको छ । ४७ अभियुक्तमध्ये २ जनालाई भने केही महिनाअघि सफाइ दिइएको थियो ।

अमेरिकाले 'हङकङ-४७' को मुद्धाको सुनुवाइ राजनीतिक रूपमा प्रेरित भएको जनाएको छ । अस्ट्रेलियाले अष्ट्रेलियाले राष्ट्रिय सुरक्षा कानुनको प्रयोगप्रति 'कडा आपत्ति' जनाउँदै आफ्नो एक नागरिक गोर्डन एनजीलाई सजाय सुनाएकोमा 'गम्भीर चासो' उत्पन्न भएको जनाएको छ ।

हङकङ सरकार र बेइजिङले हङकङमा स्थायित्व कायम राख्न राष्ट्रिय सुरक्षा कानुन आवश्यक भएको दाबी गर्दै आएका छन् । उक्त कानुनले हङकङको स्वायत्तता कमजोर नहुने उनीहरूको दाबी छ । पछिल्लो फैसला चीनको राष्ट्रिय सुरक्षा कमजोर पार्न खोज्ने शक्तिका लागि चेतावनी भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...