मुख्य समाचार
हङकङमा लोकतन्त्र पक्षधर ४५ जनालाई जेल सजाय
हङकङमा लोकतन्त्र पक्षधर ४५ जनालाई जेल सजाय

— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो ।


सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ४ वर्षभन्दा बढीको जेल सजाय तोकेको छ । लोकतन्त्र पक्षधरहरूले उनीहरूलाई एक विवादास्पद सुनुवाइपछि दोषी ठहर गरिएको बताएका छन् ।


'हङकङ-४७' समूहले स्थानीय चुनावमा प्रतिपक्षी उम्मेदवारहरू उठाउने तयारी गरेको थियो । त्यस अभियानमा ४७ जना लोकतन्त्र पक्षधर कार्यकर्ता, प्रतिपक्षी सांसद र सर्वसाधारणहरू सहभागी थिए । उनीहरूविरुद्ध ३ वर्षअघि राज्यद्रोहको मुद्दा लगाइएको थियो । उनीहरूले सन् २०२० मा सरकार अपदस्थ गर्न खोजेको अधिकारीहरूको आरोप थियो ।

हङकङमा सन् २०१९ मा भएको व्यापक लोकतान्त्रिक प्रदर्शनपछि चीनले राष्ट्रिय सुरक्षासम्बन्धी कानुन लागू गरेको थियो । 'हङकङ-४७' को मुद्धाको सुनुवाईका क्रममा उक्त कानुनको व्यापक प्रयोग भएको ठानिएको छ । ४७ अभियुक्तमध्ये २ जनालाई भने केही महिनाअघि सफाइ दिइएको थियो ।

अमेरिकाले 'हङकङ-४७' को मुद्धाको सुनुवाइ राजनीतिक रूपमा प्रेरित भएको जनाएको छ । अस्ट्रेलियाले अष्ट्रेलियाले राष्ट्रिय सुरक्षा कानुनको प्रयोगप्रति 'कडा आपत्ति' जनाउँदै आफ्नो एक नागरिक गोर्डन एनजीलाई सजाय सुनाएकोमा 'गम्भीर चासो' उत्पन्न भएको जनाएको छ ।

हङकङ सरकार र बेइजिङले हङकङमा स्थायित्व कायम राख्न राष्ट्रिय सुरक्षा कानुन आवश्यक भएको दाबी गर्दै आएका छन् । उक्त कानुनले हङकङको स्वायत्तता कमजोर नहुने उनीहरूको दाबी छ । पछिल्लो फैसला चीनको राष्ट्रिय सुरक्षा कमजोर पार्न खोज्ने शक्तिका लागि चेतावनी भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...