मुख्य समाचार
श्रीलंकामा नयाँ सरकार गठन, राष्ट्रपति दिसानायकेले राखे रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहत
श्रीलंकामा नयाँ सरकार गठन, राष्ट्रपति दिसानायकेले राखे रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहत

: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्।


गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका छन्। डा. हरिनीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै अन्य मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन्।

दिसानायकेले निर्धारित समयभन्दा करिब १० महिना अगावै चुनाव गराउने र आफ्नो एजेन्डाका लागि विधायिकाको समर्थन सुरक्षित गर्ने निर्णयका लागि जनादेश प्राप्त गर्दै नेसनल पिपुल्स पावर (एनपीपी) ले २२५ सदस्यीय विधानसभामा १५९ सिट जितेको थियो ।



सन् १९७८ को संविधानले श्रीलंकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेयता कुनै पनि दलले दुई तिहाइभन्दा बढी बहुमतसहित सबैभन्दा धेरै सीट ल्याएको छ ।

‘यो पूर्ण शक्तिले हामीलाई पूर्ण रूपमा भ्रष्ट नबनाओस् भनेर हामीले सुनिश्चित गर्नुपर्छ,’राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको एक समारोहमा उनले भने, ‘हामीलाई दिइएको यो विशाल शक्तिलाई लामो समयदेखि आर्थिक र राजनीतिक रुपमा उत्पीडनमा परेका जनताको आकाङ्क्षा पूरा गर्न जिम्मेवारीका साथ प्रयोग गर्नुपर्छ।’

नयाँ सरकारले बिहीबारका लागि संसदको पहिलो बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप