— जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो ।
यस्तै इरान पनि विश्वकप छनोटको संघारमा पुगेको छ । उसले किर्गिस्तानलाई ३–२ ले हरायो । इरान समूह ‘ए’ मा छ खेलबाट १६ अंकसहित शीर्षमा छ भने जापान समूह ‘सी’ मा छ अंकबाट १६ अंकमा पहिलो स्थानमा छ ।
समूह ‘बी’ मा भने शीर्षमा रहेको दक्षिण कोरियाको छ खेलबाट १४ अंक छ । दक्षिण कोरियाले भने प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको थियो । समूह ‘सी’ मै इन्डोनेसियाले साउदी अरेबियामाथि २–० को सनसनीपूर्ण जित निकाल्न सफल रह्यो ।