मुख्य समाचार
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई विपक्षी दलको ध्यानाकर्षण
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई विपक्षी दलको ध्यानाकर्षण

: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दलले आज ध्यानाकर्षण बुझाएका छन्।


नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन आग्रह गरेका हुन्।

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसङ्घजस्ता मञ्चमा मत जाहेर माग गरिएको छ। ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ। प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र अन्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे।

‘हामी विश्व शान्तिका पक्षमा छौँ। कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ। कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ।’

भेटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्सा प्रहरीले ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति करिब साढे आठ बजेको समयमा बिन्दवासिनी गाउँपालिका–३ झौवास्थित कुखुरा फर्ममा अनाधिकृतरुपले भण्डारण गरि राखिएको एक सय दुई बोरामा एक हजार सात सय ८० केजी लसुन बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाए । भारततर्फ चोरी निकासी ...
: स्तरोन्नतिको कामलाई गति दिन म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडकमा टाइमकार्ड लागू भएको छ। सडकको प्रवेशबिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगादेखि लस्तीसम्म कालोपत्र गर्न प्राइम कोट बिछ्याउन सवारी साधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, ...
— विद्युत् कार्यालयको लापर्बाहीका कारण करेन्ट लागेर मृत्यु भएका शुभकालिका-४ का वीरेन्द्र चौलागाईंको आफन्त र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रबीच दुई बुँदे सहमति भएको छ । ३ नाबालक छोराछोरीको लालनपालनमा सहज बनाउन मृतककी पत्नी पुस्पा पाण्डे चौलागाईंलाई रोजगारी दिने र उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको भएपछि सोमबारदेखि थालिएको आन्दोलन स्थगित भएको छ । विद्युत् ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै लहड, स्वार्थमा नेपालका विद्यार्थी विदेशमा पढ्न जान बाध्य बनाउने गलत स्वार्थमा लाग्न नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्दै उनले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्ने बताएका हुन्। ‘हामीले राष्ट्रिय स्वार्थ र न्यायोचित कुरालाई हेर्नुपर्छ। देशको समृद्धिमा कसरी लाभ पुग्छ भन्ने ...
— साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो । विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम ...