मुख्य समाचार
करेन्ट लागेर युवकको मृत्यु प्रकरण : पत्नीलाई रोजगार र क्षतिपूर्तिको सहमतिपछि आफन्तले शव बुझे
करेन्ट लागेर युवकको मृत्यु प्रकरण : पत्नीलाई रोजगार र क्षतिपूर्तिको सहमतिपछि आफन्तले शव बुझे

— विद्युत् कार्यालयको लापर्बाहीका कारण करेन्ट लागेर मृत्यु भएका शुभकालिका-४ का वीरेन्द्र चौलागाईंको आफन्त र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रबीच दुई बुँदे सहमति भएको छ ।


३ नाबालक छोराछोरीको लालनपालनमा सहज बनाउन मृतककी पत्नी पुस्पा पाण्डे चौलागाईंलाई रोजगारी दिने र उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको भएपछि सोमबारदेखि थालिएको आन्दोलन स्थगित भएको छ । विद्युत् प्राधिकरणको लापरबाहीले चौलागाईको ज्यान गएको भन्दै मृतकका आफन्त आन्दोलित भएका थिए ।


मंगलबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको रोहबरमा पीडित र विद्युत्का कर्मचारीबीच सहमति भएपछि मृतकका आफन्तले शव बुझेर दाहसंस्कारको प्रक्रियामा लागेको सुभकालिका- ४ का अगुवा कर्णप्रसाद चौलागाईंले बताए ।

कार्यालयका कर्मचारीले पोल चढ्न लगाएर लापर्बाही गर्दा चौलागाईंको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गर्दै आन्दोलन गर्न सदरमुकाम मान्म आएका थिए।

प्रहरीमा मृतकका बुवा डिल्लीप्रसादले भवितव्य कर्तव्य ज्यानमा जाहेरी दिएर पोस्टमार्टमको कागज लिएको प्रहरी प्रमुख टेककहादुर रावतले बताए । मंगलबार साँझ पोस्टमार्टम भएपछि बुधबार मेल्मस्थित तिला नदीमा दाहसंस्कारका लागि सदरमुकाम मान्मबाट बुधबार बिहान मृतकको शव शुभकालिका लगिएको शुभकालिका-४ का वडाध्यक्ष प्रदीप चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले नियमित औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन गर्न सुरु गरेको छ । महानगर अन्तर्गत स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका दीर्घ रोगबाट ग्रसित ज्येष्ठ नागरिकहरूको तथ्यांक संकलन सुरु गरेको हो । विभागका अनुसार जेष्ठ नागरिकहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित २२ पुसदेखि परिपत्र गरेर तथ्यांक संकलन गरिरहेको हो ...
। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको पेन्सन निवृत्तिभरण कोष कानुन बनेपछि मात्रै लागु हुने बताएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा आफूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग यही कुरा राखेको र उहाँहरूले आश्वासन दिएको बताएकी हुन् । उनले अनलाइनखबरसँग भनिन्, ‘कानुन बनेपछि लागु हुने हो । शिक्षक सेवा बल्ल त निवृत्तिभरण कोषमा समावेश भएको छ । त्यसैले ...
। पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् । मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता-कार्यकर्तासहित भैरहवा अवतरण ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् । विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस-एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए । उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र ...
। ठगी आरोपमा मुछिएका सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल विरुद्धको अनुसन्धान मोरङ प्रहरीले १२ दिनमै सकेको छ । अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको छ । सामान्य मुद्दामा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले पोखरेलविरुद्धको आरोपमा भने १२ दिनमै अनुसन्धान सकेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । मोरङ प्रहरी प्रवक्ता ...