— पर्सा प्रहरीले ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति करिब साढे आठ बजेको समयमा बिन्दवासिनी गाउँपालिका–३ झौवास्थित कुखुरा फर्ममा अनाधिकृतरुपले भण्डारण गरि राखिएको एक सय दुई बोरामा एक हजार सात सय ८० केजी लसुन बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाए ।
भारततर्फ चोरी निकासी गर्नका लागि व्यापारीले उक्त लसुन सीमावर्ती गाउँमा भण्डारण गरेको प्रहरीले जनाएको छ । चार लाख ८० हजार मूल्य बराबरको लसुन बरामद गरि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।