मुख्य समाचार
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताए
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताए

: गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताएका छन्। सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहेका गृहमन्त्री लेखकले आज बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिमा हामी प्रतिस्पर्धी मात्रै रहेको बताएका हुन्।


‘कांग्रेस र एमालेका बीचमा कुनै असमझदारी छैन। कांग्रेस र एमाले मिलेर सरकार बनाएको हो। त्यसमा अरु राजनीतिक दलहरुको पनि सहभागिता छ। हाम्रोबीचमा कुनै असमझदारी छैन।’ उनले भने, ‘राजनीतिमा हामी प्रतिस्पर्धी हौं, तपाइदेखि रहनुभएको छ, उपनिर्वाचनमा हामी प्रतिस्पर्धा गरिरहेका छौं। यसले झन हाम्रोबीचको सम्बन्ध बलियो भइरहेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच चीन भ्रमणका एजेन्डाहरुका बारेमा मतभेद देखिएको कुरा बाहिर आएको छ। कांग्रेस र एमालेबीच बीआरआई परियोजना मतभेद रहेकोप्रति सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘कांग्रेसले यसअघि नै बीआरआई परियोजना ग्रान्टमा हो भने मात्रै स्वीकार गर्ने निर्णय गरिसकेको छ। यसको मतलब एमाले ग्रान्ट स्विकार्दैन भन्ने चाहिँ होइन है। यसबारेमा दुई पार्टीका शीर्ष नेताहरुका बीचमा छलफल भइरहेको छ। विदेश भ्रमणका एजेन्डाका बारेमा सत्ता साझेदार दलहरुबीच छलफल हुनु स्वभाविकै त होइन र ?’



गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए। तर अहिले नै मन्त्रिमण्डल फेरबदल नहुने उनको तर्क थियो।

‘भन्नेहरुले त यो सरकार दशैंभन्दा पर जाँदैन भने, त्यसपछि तिहार कट्दैन भने। भन्नेहरुको पछि लाग्ने होइन, यो सरकार बनेको एक वर्ष ८ महिनापछि भने परिवर्तन हुन्छ। त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ। त्यसपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ’ नेता लेखकले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...