मुख्य समाचार
१८५ किलो गाँजासहित चालक पक्राउ
१८५ किलो गाँजासहित चालक पक्राउ

: १८५ किलो गाँजासहित चालक पक्राउ परेका छन्। कमलामाई नगरपालिका-९ चेकपोष्टबाट १ सय ८५ किलोग्रामसहित चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३९ वर्षीय शेर बहादुर लामा पक्राउ परेका छन्।


इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक लामालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुस्ताङका याकचौरी चिसो बढेसँगै उच्चलेकबाट बेसी झारिएका छन्। हिउँदयामसँगै उच्चलेकको अत्यधिक चिसो र हिमपात छल्न मुस्ताङका याकचौरी पालक किसानले बस्ती नजिकको न्यानो स्थानमा स्थान्तरण गर्न थालेका हुन्। मुस्ताङमा जेठदेखि कार्तिकको अन्तिमसम्म उच्चलेकका विभिन्न स्थानमा गोठ खडा गरेर याकचौरी पालन गर्ने गरिएको छ। बर्खायामको मौसममा उच्चलेकको पाटनमा याकचौरीका लागि अनुकूल हावापानी र पर्याप्त चरन क्षेत्र ...
: व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज पनि सुनुवाइ भएन । सुनवाइका लागि न्यायाधीश कुमार चुँडाल र शारङ्‍गा सुवेदीको इजलासमा पेशी तोकिएको थियो। यसघि मंसिर ४ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रले भनेअनुसार बाधक रहेका सबै कानुन संशोधन गर्न तयार रहेको बताएका छन्। मन्त्रालयले ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताए। 'निजी ...
: अगामी मंसिर १६ गतेको मत परिणामले नै २०८४ सालको निर्वाचनको आधार बन्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। शुक्रबार महोत्तरीको रामगोपालपुरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री शर्माले यस उपनिर्वाचनको परिणमले निर्वाचनको आधार बन्ने भएको जनाए। महामन्त्री शर्माले उप निर्वाचनमा समेत कांग्रेस बहुसंख्यक ठाउँमा विजयी हासिल गरेर पहिलो दल बन्ने विश्वास व्यक्त गरेका छन्। उनले ...
: नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत क्रियाकलाप गर्ने जोसुकै भएपनि नछोड्ने बताएका छन्। शुक्रबार दरवार मार्गमा आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अराजकता ,सामाजिक विद्धेष र विकृतिका विरुद्ध , लोकतन्त्र ,सामाजिक सद्धभाव र राष्ट्रिय एकताका पक्षमा एमालेले जागरण सभा रहेको उनको भनाइ ...