मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु

: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्। स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो।


'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,' सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले एएफपीसँग भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतका अर्बपति गौतम अडानीको सेयर मूल्यमा एकै दिन १९ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिकामा धोकाधडीको आरोप लागेपछि बिहीबार अडानीको कम्पनीका सेयर मूल्य ह्वात्तै घटेको हो। बम्बे स्टक एक्सचेन्जका अनुसार अडानीका तीन कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो। अडानीको एनर्जी सोलुसन्स लिमिटेडको १९.५० प्रतिशत, अडानी इन्टरप्राइजेजको १८.७६ प्रतिशत र अडानी पोर्ट्सको ११.९४ प्रतिशत सेयर मूल्य ...
: कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले नकम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्त्रर चार लाख बढी रहेको छ। राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल ...
: अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, 'यो प्रतिबन्ध सामाजिक सञ्जाल एक्स(टिकटक), फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो कार्य सामाजिक सञ्जालबाट हुने हानिबाट बालबालिकालाई बचाउनको लागि गरिएको हो।' अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको ...
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...