मुख्य समाचार
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा पेशी तोकियो
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा पेशी तोकियो

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा दायर भएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा पेशी चढेको छ।


कार्त्तिक २९ गते अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उनले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन्।

निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्। विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। उनी हाल कास्की प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...
: वीरगन्जमा प्रहरीले मालबाहक मिनी ट्रकको कन्टेनरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले ८५ किलोग्राम गाँजासहित ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकका चालक सिन्धुपाल्चोकको बलेफी गाँउपालिका वडा नम्बर ६ का ३६ वर्षीय शान्त बहादुर तिमिल्सिनासँगै उक्त मिनी ट्रकमा सवार मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ का ४८ वर्षीय प्रेम रूम्बा ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताए। बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको विवादका बीच प्रधानमन्त्री ओलीले कसैसँग ...
: मुस्ताङका याकचौरी चिसो बढेसँगै उच्चलेकबाट बेसी झारिएका छन्। हिउँदयामसँगै उच्चलेकको अत्यधिक चिसो र हिमपात छल्न मुस्ताङका याकचौरी पालक किसानले बस्ती नजिकको न्यानो स्थानमा स्थान्तरण गर्न थालेका हुन्। मुस्ताङमा जेठदेखि कार्तिकको अन्तिमसम्म उच्चलेकका विभिन्न स्थानमा गोठ खडा गरेर याकचौरी पालन गर्ने गरिएको छ। बर्खायामको मौसममा उच्चलेकको पाटनमा याकचौरीका लागि अनुकूल हावापानी र पर्याप्त चरन क्षेत्र ...