मुख्य समाचार
ब्रेक फेल भएको बस भित्तामा ठोक्काएर चालकले जोगाए ३५ जनाको ज्यान
ब्रेक फेल भएको बस भित्तामा ठोक्काएर चालकले जोगाए ३५ जनाको ज्यान

: पहाडी भेगमा रहेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय आकर्षणको केन्द्र हो । ऐतिहासिक थलोको अवलोकनसहित वनभोज सकेर विद्यार्थी बोकेर पदमपुरको चित्रवन माविको बस ओरालो लाग्यो ।


भिरालो बाटो झर्दै गरेको बसको द्रब्यटार आएपछि एक्कासि ब्रेक फेल भयो । ब्रेक फेल भएको बसको स्टेरिङमा थिए बसका चालक जितेन्द्र चौधरी । उनले बसको ब्रेक फेल भएपछि विधार्थीलाई जोगाउन लागे ।

उपाय केही नलागेपछि बसलाई सडक छेउको भित्तामा ठोक्काए । उनले बस मात्रै ठोक्काएनन , बसमा रहेका ३२ जनाको ज्यान जोगाए । ‘ दुई वटा मोड सहजै पार गरेपछि ब्रेकले काम गरेन । पहिला आफूलाई सम्हाले अनि बसका विद्यार्थी कसरी जोगाउने भन्नेतिर लागें’, जीतेन्द्रले भने, ‘त्यसपछि बसमा रहेकाहरुको ज्यान जोगाउनतिर सोच आयो । ठूलो घुमाउरो बाटो आएपछि बसलाई भित्तोमा ठोक्काएँ। ’



वनभोजमा गएर फर्कने क्रममा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । चितवनको पहाडी भेग उपरदाङगढीमा वनभोज खाएर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस शनिवार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षिका घाईते भएका छन् ।

ब्रेक फेल भएको थाहा पाएपछि सहचालक गोविन्द पौडेल विद्यार्थीलाई क्याविनबाट पछाडिको सिटमा सारेका थिए । यसबाट ठूलो मानविय क्षति हुनबाट जोगियो ।

कक्षा ५ देखि १० कक्षासम्मका विधार्थी र शिक्षक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । २२ जनाको चितवन मेडिकल कलेजमा र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको चितवन प्रहरी प्रमुख गौतम मिश्रले बताए । बसमा ३० जना विद्यार्थीसहित ३२ जना चढेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...