मुख्य समाचार
माघ-फागुनदेखि शक्तिशाली आन्दोलन गर्नुपर्ने हुनसक्छ : प्रचण्ड
माघ-फागुनदेखि शक्तिशाली आन्दोलन गर्नुपर्ने हुनसक्छ : प्रचण्ड

: पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी माघ, फागुनदेखि काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलन गर्ने संकेत गरेका छन्। नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आउँदो पुस २ गते बस्ने बैठकले यसबारेमा टुंगो लगाउने बताए।


‘केन्द्रीय कमिटीको बैठक आउदो पुस २ गते राखेका छौं। देशभर खबरदारी सभाद्वारा वार्मअप गर्ने, जरुरी पर्‍यो भने काठमाडौं केन्द्रित शक्तिशाली आन्दोलनमा जानुपर्ने हुनसक्छ। बाहिरको आन्दोलनले शासकहरूलाई खासै छुन सकेको छैन’, उनले भने, ‘त्यसैले राजधानीमा आन्दोलनद्वारा अस्तव्यस्त बनाएपछि मात्रै विगतमा पनि राजनीतिक परिवर्तन सम्भव हुने गरेको थियो। त्यसको तयारीमा र पार्टी रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने छ। '

उनले कांग्रेस एमालेको वर्तमान गठबन्धन भत्काउने र नयाँ सरकार बनाउने हतारोमा आफू नरहेको बताए। आफूहरु जनतामै जानु ठीक भएको उनको भनाइ छ। 'प्रमुख प्रतिपक्षी भनेकै सरकारमा आउन तयार भएर बसेको दल हुन्छ। यो त संविधानले र अन्तर्राष्ट्रिय परम्पराले मानेको कुरा हो’, उनले भने, ‘तर, अहिले हामीलाई सरकारमा जाने हतारो पनि छैन। यो गठबन्धन भत्काउने खेलमा पनि छैनौं। हामी जनतामै गएर आफूलाई सुदृढ गरेपछि हेरौं न यिनीहरूको सरकार कति दिन कसरी चल्दो रहेछ।’



प्रतिपक्षीहरू अहिले एकजुट भएको भन्दै उनले कांग्रेस र एमालेसँग भने कहीँ पनि तालमेल नगर्ने जिकिर गरे। ‘कांग्रेस र एमालेसँग हाम्रो कहीँ पनि तालमेल नगर्ने ब्ल्याक एण्ड ह्वाइट निर्णय हो। अर्काको खुट्टामा टेकेर चल्दा माओवादीकै पहिचान हरायो’, उनले भने, ‘अहिले जतिसुकै आओस्, हामी एक्लै भिड्ने हो। एक्लै भिड्दा नै माओवादीको असली पहिचान पनि देखिन्छ, तागत पनि देखिन्छ।’

प्रतिपक्ष दलहरूलाई संरक्षण गर्ने जिम्मेवारी पनि आफूहरूको रहेको भन्दै उनले नयाँ आएका दलहरू, शक्तिहरूसँग मिल्नसक्ने उनले बताए। ‘काठमाडौंका मेयरसँग पनि हाम्रो राम्रो छ। धरानका मेयरसँग पनि राम्रै छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि हाम्रो राम्रो छ। राम्रो गर्नु पनि पर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...