मुख्य समाचार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार

: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले प्रहरीलाई बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको हो।


प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा पक्राउ परेपछि शुक्रबार प्रसाईंका तर्फबाट उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।



‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालतले अनुमति दिएको छ।

सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएपछि लगत्तै प्रहरीले पक्राउ गरेको थियो।

उनीविरुद्ध यसअघि पनि साइबरसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई एक लाख रुपैपाँमा धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ बु्झाएर उनी धरौटीमा छुटेका थिए। त्यसपछि ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...