मुख्य समाचार
अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो
अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो

: प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो दिएका हुन्।


ओलीले मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन्।

‘राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजयी गराउन तपाईंले महत्त्वपूर्ण भूमिका खेलेको भन्ने मैले सुनेको छु। म उहाँलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु।’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो। त्यसपश्चात मस्कले ओलीलाई धन्यवाद दिएका थिए।


मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए। स्पेस एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न प्रस्ताव गरिरहेका छन्।

मस्कको स्टारलिंक छिमेकी मुलुक भारतमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदानका लागि भित्रिसकेको छ। अन्तरिक्षबाट सिधै इन्टरनेट सेवा प्रदान गर्ने भएकाले स्टारलिंकले दुर्गम क्षेत्रहरूमा पनि उच्च गतिको इन्टरनेट सेवा सहजै पुग्न सघाउ पुर्‍याउने दाबी गरिएको छ। स्पेश एक्सका प्रतिनिधिले नेपालस्थित अमेरिकी दूतावासमार्फत् सेवा दिने वातावरण बनाउन पहल गर्दै आइरहेका छन्। ओलीले मस्कलाई नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै देशी विदेशी उद्योगीहरू ढुक्कसँग लगानी गर्न आह्वान गरे।

नेपालले पहिलो क्रेडिट रेटिङमा ऐतिहासिक मूल्यांकन पाएको छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिचले नेपाललाई बीबी माइनस रेटिङ दिएको हो। यसले विदेशी लगानी भित्र्याउन र बाह्य ऋण लिन सहज हुने विज्ञहरूको भनाइ छ। फिचले नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) गरेको हो।

फिच रेटिङ्सले नेपालको दीर्घकालीन विदेशी मुद्रा रेटिङलाई बीबी माइनस प्रदान गरेको छ। पहिलो रेटिङमा नै बीबी माइनस पाउनु सफलता भएको विज्ञहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो रेटिङले अन्तर्राष्ट्रिय जगतमा नेपालको आर्थिक विकासका लागि आधारहरू रहेको देखाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...