मुख्य समाचार
पक्राउ परेका जुवाडे बिना कारवाहीमा छुटे
पक्राउ परेका जुवाडे बिना कारवाहीमा छुटे

: सुनसरीको इटहरी उपमहानगरपालिका-६ मा सञ्चालनमा रहेको गजुरमुखी होटलबाट पक्राउ परेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ नगरी छाडेको छ । बिहीबार राति होटलको तीनतलामाथि तासजुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला सरकारी वकिल कार्यालय सुनसरीको मिलेपतोमा शुक्रबार नै छाडिएको बताइएको छ।


होटलको तेस्रो तलामा पहरी निरीक्षक महेन्द्र पराजुली नेतृत्वको टोलीले होटल सञ्चालक नविन पुरीसहित इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी-१७का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका-१ का ३० वर्षीय सुबास राइ, बराहक्षेत्र-८ का खडग बहादुर बिस्ट र रामधुनी नगरपालिका-५ का ४६ वर्षीय गौरी शंकरलाइ पक्राउ गरेको थियो । पक्राउ परेका जीवन कार्की र खडगबहादुर बिष्ट पेसेवर जुवाडे हुन् । दुवैजना गत कात्तिक१८ गते भाइटीकाको दिन सुनसरीको नडाहाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए।

प्रहरीले सेवा ऎनअन्तर्गत पटकेमा मुद्दा चलाउनुपर्नेमा हाजिरी जवानतमा छोडन जिल्ला सरकारी वकिल कार्यलायमा सिफारिस गरेपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानतमा छाडन आदेश दिएको हो । उनीहरूलाई इटहरी प्रहरीले परिवारको सदस्यको जिम्मा लगाएर छाडिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए।



जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख टेक अधिकारीले आफू बिदामा बसेका बेला उनीहरूलाई हाजिरी जमानतमा छाडिएको बताउँदै यस विषयमा गम्भीर छानविन हुने बताए। जुवाडेको साथबाट २ लाख २८ हजार ५ सय नगद र ८ प्याकेट तास बरामद गरिएको छ।

जुवाडे पक्राउ परेको विषयमा अन्नपूर्णपोस्ट डटकमले शुक्रबार समाचार प्रकाशित गरेको थियो । बिना कारवाही छाडिएका जुवाडे जीवन बिष्टले अन्नपूर्णसमाचार दातालाई जुवा खेलेको समाचार किन लेखेको भन्दै फोनबाट धम्की दिएका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुबेर खापुङले जुवाडे छाडिएको विषयमा छनविन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...