: कास्कीमा स्वरूप परिवर्तन गरी चलाएका २३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। मंसिर १ देखि ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा गरिएको चेकजाँचमा २३ वटा सवारी साधन नियन्त्रण लिइएको हो।
सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार नियन्त्रणमा लिइएको मध्ये अवस्था ठीक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल छन्। नियन्त्रणमा लिइएका मोटरसाइकलहरू आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको उनले बताए।