मुख्य समाचार
जग्गा दान विवादको रिट 'हेर्न नभ्याइने' सूचीमा
जग्गा दान विवादको रिट 'हेर्न नभ्याइने' सूचीमा

: व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज पनि सुनुवाइ भएन । सुनवाइका लागि न्यायाधीश कुमार चुँडाल र शारङ्‍गा सुवेदीको इजलासमा पेशी तोकिएको थियो।


यसघि मंसिर ४ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो।

यसअघि कार्त्ति २६ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई कार्त्तिक २६ गतेलाई बोलाएको थियो।



सो दिन सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ भएन। फेरि रिटमाथि सुनुवाइका लागि मंसिर २ गते पेशी तोकिए पनि सो दिन पनि सुनुवाइ हुन सकेन। उक्त दिन रिटलाई हेर्न नभ्याइनेमा राखिएको थियो।

व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत अभियोग लागेका व्यक्तिबाट जग्गा लिन नहुने भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो। तर जागरणसभा एमाले केन्द्रीय ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...