: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताए।
बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको विवादका बीच प्रधानमन्त्री ओलीले कसैसँग ऋण लिने अवस्था नरहेको बताए।
उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताए।