मुख्य समाचार
काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरे
काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरे

: काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न नेकपा एमाले मुख्यालयले अस्वीकार गरेको छ। शुक्रबार नेकपा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभापछि सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको महानगरले एक लाख जरिवाना गरेको थियो। उक्त पत्र लिएर महानगरको टोली आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालय पुगेको थियो।


तर जागरणसभा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको नभइ जिल्ला कमिटीले आयोजना गरेकाले पत्र बुझ्न नसक्ने जवाफ एमाले मुख्यालयले दिएको महानगरले जनाएको छ। एमाले केन्द्रीय कार्यालयले पत्र दर्ता नगरेपछि महानगरको टोली पत्र नबुझाइ फर्किएको छ।

एमालेका नेताहरूले भने काठमाडौं महानगरले पूर्वाग्राही ढंगले पत्र काटेको आरोप लगाउँदै आएका छन्। पत्र काटेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका थिए। कार्यक्रम समापन पछि संकलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उनले बताए।



‘काठमाडौं महानगरका मेयर बालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ।’ महासचिव पोखरेलले भने, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो। संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो। अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा।’

उनले मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टबाजीमा भएको टिप्पणी गरे। यता काठमाडौं महानगरपालिकाले भने फोहरमैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन बमोजिम एमालेलाई जरिवाना गराएको बताउँदै आएको छ। काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए।

सत्तारुढ दल एमालेले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयोजकत्वमा दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो। जागरण सभामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। सभाको अध्यक्ष काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ। लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज बिहान उनलाई अदालत उपस्थित गराइएको थियो। सहकारीको ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी कार्यक्रम ल्याउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्। २०औं राष्ट्रिय कफी दिवसका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए। उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। दरबार मार्गमा आयोजित एमालेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरणलाई कसैले भत्काउन नसक्ने दाबी गरे। 'एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,' उनले भने, 'अहिलेको सरकार कमिसन खोरी र भ्रष्टाचार गर्न गएको छैन। कमाउन ...
: वीरगन्जमा प्रहरीले मालबाहक मिनी ट्रकको कन्टेनरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले ८५ किलोग्राम गाँजासहित ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकका चालक सिन्धुपाल्चोकको बलेफी गाँउपालिका वडा नम्बर ६ का ३६ वर्षीय शान्त बहादुर तिमिल्सिनासँगै उक्त मिनी ट्रकमा सवार मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ९ का ४८ वर्षीय प्रेम रूम्बा ...