मुख्य समाचार
चीन भ्रमणको तयारी : प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
चीन भ्रमणको तयारी : प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । यो मिति घोषणा उनले गत शुक्रबार दरबारमार्गमा आयोजित पार्टीको सभामार्फत् गरेका थिए । ‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुने छ । कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।




प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

चीन भ्रमणको क्रममा राख्ने एजेण्डाबारे प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङसँग समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए । परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । ...
। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी ०८४ को चुनावमा भाग लिने संकेत गरेका छन् ।पार्टीको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट चन्दले आगामी चुनावमा भाग लिन सक्ने निर्णय हुन सक्ने बताएका हुन् । ‘६ हजार वार्डमा चुनाव लड्नेछौं । ७५३ पालिकामा लड्नेछौं, १६५ मा लड्नेछौं’, उनले भने, ‘युवा साथीहरु, बुद्धिजिवी साथीहरु, देशभक्तहरु, जनजातिहरु, महिलाहरु, ...
। वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेपछि विभागले सूचना जारी गरी फोहोर नजलाउन भनेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ । वातावरण विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ ...
। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्येष्ठ नागरिकका लागि छुट्टै उपचारको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत छुट्टै ज्येष्ठ नागरिक अस्पताल तथा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डहरूको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार आफ्नो बुवालाई फोक्सोसम्बन्धी समस्या भएर ...
। काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ । पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन ...