। स्पानिस ला लिगामा रियल मड्रिडले गएराती लेगानेसलाई ३-० ले सहजै पराजित गरेको छ । यस जितपछि छिमेकी एट्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लेको छ ।
लेगानेसको मैदानमा भएको खेलमा रियलका लागि केलिएन एमबाप्पे, फेडेरिको भलभर्डे र जुड बेलिङघहमले एक-एक गोल गरे ।
खेलको ४३औं मिनेटमा भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रियलले दुई गोल थप्यो । भलभर्डेले ६६औं मिनेटमा अर्दा गुलेरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । खेल सकिन पाँच मिनेट अघि बेलिङघहमले गोल गर्दै रियललाई सहज जित दिलाउन सहयोग गरे ।
जितपछि १३ खेलबाट ३० अंक जोडेको दोस्रो स्थानमा उक्लेको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । रियलले अझै एक खेल कम खेलेको छ । १४ खेलबाट बार्सिलोनाको ३४ अंक छ । समान खेलबाट २९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।