मुख्य समाचार
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन

। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ ।

भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् ।
उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु घाइते भएका छन् ।




स्थिति बिग्रिंदै जान थालेपछि सरकारले सेना परिचालन गरेको हो । इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ । यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन् ।

पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेमाथि गोली हान्न पाउनेसम्मको अधिकार हुन्छ ।




इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ताहरुले मार्चपास गर्दै इस्लामावादको संसदसम्म पुग्ने घोषणा गरेका छन् । उनीहरुलाई रोक्ने उद्देश्यले नाकामा कडाइ गरेको छ ।

यसै वर्ष जनवरीमा इस्लामावादको एक अदालतले ७२ वर्षीय इमरान खानलाई भ्रष्टाचार आरोपमा १४ वर्षको जेल सजायँ र २० लाख पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनले जेलभित्रैबाट कार्यकर्ताहरुलाई देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...