मुख्य समाचार
इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी
इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी

। इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ ।

यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ ।




इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि आक्रमण गर्दै आएको छ ।

गत आइतबार मात्रै लेबनानको भूमिबाट हिजबुल्लाहले इजरायलमाथि २५० रकेट प्रहार गरेको थियो ।




अमेरिकी अधिकारीले इजरायल–लेबनानबीच युद्धविरामको सम्भावनाबारे अभिव्यक्ति दिएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी युद्धविराम गर्ने सहमतिको बिन्दु नजिकै पुगेका छौं ।’

अमेरिकी समाचार वेबसाइट एक्सियोस ने लेखेको छ, ‘इजरायल–हिजबुल्लाहबीच जारी युद्ध रोक्न इजरायल र लेबनान एक समझौताको प्रस्तावमा सहमत भएका छन् । विश्वास छ इजरायलको सुरक्षा मन्त्रिपरिषदले मंगलबार त्यो प्रस्तावलाई मन्जुरी दिने छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप