। काठमाडौं महानगरपालिकाले सडकमा फोहोर गरेको भन्दै ४ जनालाई जरिवाना तिराएको छ । महानगरको प्रहरी टोलीले काठमाडौंको फरक ठाउँको सडकमा फोहोर फ्याक्नेहरूलाई जरिवाना तिराएको हो ।
ममहानगर प्रहरी बलका अनुसार काठमाडौँ महानगरपालिका-९ गौशालाबाट रातो पुल जाने बाटोमा घरको ढल खुल्ला सडकमा फोहोरमैला गरेबापत रिसवराज पाण्डेलाई २५ हजार जरिवाना गरिएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका-१४ रवि भवन उकालोमा घर निर्माण गर्ने क्रममा सवारी साधनबाट माटो, हिलो खसाली फोहोर गरेबापत गंगा रजकलाई १० हजार जरिवाना र काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरको सडकपेटीमाथि गाडी राखी सजाउँने कार्य गर्दा फोहोरमैला गर्ने सञ्जय कुमार लाई १० हजार तिराएको छ।
यसैगरी काठमाडौँ महानगरपालिका-२७ भोटाहिटी साझा अगाडि द कोहिनुर बुटिकले सडक पेटीमै फोहोरमैला फालेको भन्दै मोहम्मद चन्दालाई १० हजार जरिवाना तिराएको हो ।