मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ऋण लिनु हुँदैन : देउवा
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ऋण लिनु हुँदैन : देउवा

। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताएका छन् ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताए ।


‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।

चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे ।


प्रधानमन्त्री ओलीले आज चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग आयोजना गरेको छलफलमा देउवा सहभागी थिएनन् । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरधाम गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याएका छन् । आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा उनले अभिव्यक्ति सच्याएका हुन् । छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, ...
। मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ । मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ता सिताराम रिजालले अनलाइनखबरलाई बताए । बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए । पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोष उपलब्ध गराउने सेवाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषको उपचार सेवा विस्तार गर्ने घोषणा गरेका हुन् । कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ...
। नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई-मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती ...
। किशोरी बलात्कारको आरोपमा चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले राठीलाई शनिबार पक्राउ गरेको हो । सौराहाका एक होटलमा बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका राठीविरुद्ध बलात्कारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।